नेपालगन्ज ४ फागुन : ग्यास सिलिण्डर पट्किँदा घाईते भएकी दाङ तुलसीपुर उपमहानगरपालिका– १६ लहलौरा निवासी ५० वर्षीय कुसुम केसीलाई थप उपचारका लागि काठमाण्डौं लगिएकोछ ।
बुद्ध एयरको जहाजमार्फत बिहीबार बेलुका केसीलाई काठमाडौं लगिएको हो । बिहीबार पौने १२ बजेतिर खाना पकाउने क्रममा ग्यास सिलिण्डर विस्फोट भएको थियो । केसीको अनुहार र हात जलेकोछ ।
केसीले सञ्चालन गर्दै आएको कृषि बिउ उत्पादन कम्पनीमा खाना पकाउने क्रममा ग्यासको सिलिण्डर ‘लिक’ हुँदा केसीसंगै चितवन भरतपुर महानगरपालिका– ५ घर भई हाल सोही कृषि उत्पादन (कम्पनीको कर्मचारी) कम्पनीमा कार्यरत २९ वर्षिय आशिष खनाल गम्भीर घाइते भएका थिए ।
घाईतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पश्चातपछि थप उपचारका लागि केसीलाई बाँकेको नेपालगन्ज हुँदै काठमाण्डौं र खनाललाई भरतपुर रिफर गरिएको छ ।
बाढी पीडितलाई प्रधानमन्त्रीको सम्बोधन, भने- सिङ्गो राज्य साथमा छ
नेपालको बाढी विपदका लागि आर्थिक सहयाेग गर्न तयार छन्, भारत, चीन र विश्व बैंक
अकस्मात उर्लिनुअघि भोटेकोशीको ‘शीर’मा के भइरहेको थियो?
रसुवा बाढी- तीन महिनाका लागि संकटग्रस्त घाेषणा, सरकारले अरु के निर्णय गर्याे?
तिब्बततिर उद्धारका लागि चिनियाँ राष्ट्रपतिको निर्देशन
रसुवाको बाढी अनुमानभन्दा भयावह, स्थानीयसँग सम्पर्क टुट्दा उद्धारमा चुनौती