ग्यास सिलिण्डर पट्किएर घाईते भएकी कुसुमलाई थप उपचारका लागि काठमाण्डौं लगियो


ग्यास सिलिण्डर पट्किएर घाईते भएकी कुसुमलाई थप उपचारका लागि काठमाण्डौं लगियो

नेपालगन्ज ४ फागुन : ग्यास सिलिण्डर पट्किँदा घाईते भएकी दाङ तुलसीपुर उपमहानगरपालिका– १६ लहलौरा निवासी ५० वर्षीय कुसुम केसीलाई थप उपचारका लागि काठमाण्डौं लगिएकोछ ।

बुद्ध एयरको जहाजमार्फत बिहीबार बेलुका केसीलाई काठमाडौं लगिएको हो । बिहीबार पौने १२ बजेतिर खाना पकाउने क्रममा ग्यास सिलिण्डर विस्फोट भएको थियो । केसीको अनुहार र हात जलेकोछ ।

Kids Festival 2022
kanti aarogya hospital

केसीले सञ्चालन गर्दै आएको कृषि बिउ उत्पादन कम्पनीमा खाना पकाउने क्रममा ग्यासको सिलिण्डर ‘लिक’ हुँदा केसीसंगै चितवन भरतपुर महानगरपालिका– ५ घर भई हाल सोही कृषि उत्पादन (कम्पनीको कर्मचारी) कम्पनीमा कार्यरत २९ वर्षिय आशिष खनाल गम्भीर घाइते भएका थिए ।

घाईतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पश्चातपछि थप उपचारका लागि केसीलाई बाँकेको नेपालगन्ज हुँदै काठमाण्डौं र खनाललाई भरतपुर रिफर गरिएको छ ।