नेपालगन्ज ८ फागुन : भारतीय सीमा सुरक्षा बलद्वारा बेपत्ता बनाइएका बर्दियाका हर्कबहादुरको अवस्था अझैं अज्ञात रहेको छ ।
बर्दिया जिल्ला बढैयाताल गाउँपालिका शान्तिपुर (साविकको जमुनी गाविस–९)का ५० वर्षीय हर्कबहादुर शाहीलाई २०६७ साल फागुन ५ गते भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले नेपाल प्रवेश गरी ( झण्डै ३ सय मिटर नेपाल भित्रबाट) शिकारीको आरोपमा नियन्त्रणमा लिई हालसम्म बेपत्ता बनाएको हो ।
पीडित भारतीय सीमावर्ती बजार बलैगाउँमा किनमेल गरी घर फर्किदै गर्दा नेपाल सीमा क्षेत्रमा प्रवेश गरी भारतीय सुरक्षा फौजले नियन्त्रणमा लिएका थिए । उक्त घटना नेपाल मानव अधिकार वर्ष पुस्तक २०१२ मा समेत उल्लेख गरिएको छ ।
त्यसबेला इन्सेकलगायत विभिन्न मानव अधिकारकर्मीहरूको टोलीले घटनाको अध्ययन गरी पीडितको न्यायका लागि राज्यका विभिन्न निकायहरूमा पहल समेत गरेका थिए । तर, हालसम्म पनि पीडित परिवारले न न्याय पाउन सकेका छन् न कुनै राहत नै पाएका छन् ।
हर्क बहादुरकी कान्छी बुहारी तुल्सी शाहीले हालसम्म राज्यबाट न न्याय पाइयो न कुनै राजनीतिक दललेनै सहयोग गरेको गुनासो गरिन् । उनले न्यायका लागि पहल गरिदिन इन्सेक र पत्रकारहरूलाई समेत अनुरोध गरेकीछन् ।
यसैगरी, बर्दिया जिल्लाको गुलरिया नगरपालिका–८ का राममिलन लोधलाई पनि भारतीय सुरक्षाकर्मीहरूले कब्जामा लिई बेपत्ता बनाएको वर्षौ वितेकोछ । उनको पनि हालसम्म लाश र सासबारे परिवारजन अनभिज्ञ छन् ।
भारतीय सीमावर्ती जिल्लाहरूमा विभिन्न समयमा नेपाली नागरिकहरूले विभिन्न बहानामा दुःख पाउने गरेको र भारतीय सुरक्षाकर्मीहरूबाट असुरक्षा बढ्दो रहेको कुरा उक्त प्रतिनिधि मूलक घटनाहरूले पुष्टि गरेका छन् ।
माथि उल्लेखित दुबै घटनाका सन्र्दभमा इन्सेक लुम्बिनी प्रदेश संयोजक भोला महत र कान्तिपुरका जे पाण्डेले स्थलगत भ्रमण गरी पीडित परिवारजनहरूका परिवारसँग उनको अवस्थाका बारेमा जानकारी लिएका हुन् । उनीहरुको स्थलगत भेटमा बेपत्ता भएका बर्दियाका शाही र लोधको अवस्था अज्ञात रहेको पाइएको हो ।
बाढी पीडितलाई प्रधानमन्त्रीको सम्बोधन, भने- सिङ्गो राज्य साथमा छ
नेपालको बाढी विपदका लागि आर्थिक सहयाेग गर्न तयार छन्, भारत, चीन र विश्व बैंक
अकस्मात उर्लिनुअघि भोटेकोशीको ‘शीर’मा के भइरहेको थियो?
रसुवा बाढी- तीन महिनाका लागि संकटग्रस्त घाेषणा, सरकारले अरु के निर्णय गर्याे?
तिब्बततिर उद्धारका लागि चिनियाँ राष्ट्रपतिको निर्देशन
रसुवाको बाढी अनुमानभन्दा भयावह, स्थानीयसँग सम्पर्क टुट्दा उद्धारमा चुनौती