हात्तीपाइलेबाट बच्न औषधी खाऔं, कसले नखाने ?


हात्तीपाइलेबाट बच्न औषधी खाऔं, कसले नखाने ?

नेपालगन्ज ११ फागुन : बाँकेसहित देशभरका १५ जिल्लामा आजबाट हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियान सुरु भएको छ । यो अभियान फागुन २५ गतेसम्म सञ्चालन हुनेछ । यद्यपी कभरेज दर भेटाउन फागुन मसान्तसम्म खुवाइनेछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाँके, दाङ, कैलाली, झापा, मोरङ, धनुषा, महोत्तरी, रौतहट, सर्लाही, बारा, रसुवा, लमजुङ, पर्वत, बागलुङ र कपिलवस्तु जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियान सुरु भएको हो ।

दीगो विकास लक्ष्यअनुसार सन् २०३० सम्म हात्तीपाइले रोग निवारण गर्ने राष्ट्रिय संकल्प रहेको छ । कुल जनसंख्याको ६५ प्रतिशतलाई अनिवार्य रुपमा औषधि खुवाउनु पर्नेमा लक्ष्य रहेकोमा हालसम्मको सर्वेक्षणमा ४९.६७ प्रतिशतले औषधी खाएको पाइएको छ ।

यसपटक अभियान सञ्चालन भएका जिल्लामा स्वास्थ्य मापदण्डअनुसार सम्पूर्ण नागरिकले औषधि सेवन गरेको सुनिश्चितता गर्न स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा ३ प्रकारका औषधी खुवाइदैछ ।

Kids Festival 2022
kanti aarogya hospital
add

२ वर्ष उमेर माथिका सबै मानिसले औषधि खानुपर्नेमा बिगतमा अभियान सञ्चालन गर्दा केहीले नियमित रूपमा खाने, तर शिक्षित, सहरी क्षेत्र र विपन्न वर्गका मानिसहरू बिहानै काममा निस्कने हुँदा नखाइदिने कारणले अपेक्षा गरिएअनुसार अभियान सफल हुन नसकेको सम्बद्ध सरोकारवालाको भनाईछ ।

हात्तीपाइलेको औषधि २ वर्ष उमेर पूरा भएका सबैले सेवन गर्नुपर्छ । तर, २ वर्ष नपुगेका बालबालिका, सिकिस्त बिरामी, गर्भवती र ७ दिनसम्मका गर्भवतीले भने हात्तीपाइले रोग विरुद्धको औषधि खान नहुने स्वास्थ्यकर्मीको भनाइ छ ।

हात्तीपाइले रोग मानिसलाई नराम्रोसँग शरीरिक रुपमा अशक्त, असमर्थ तथा अपाङ्ग बनाउने एक सरुवा रोग हो । यो रोग एक प्रकारको मसिनो धागो आकारको जुका जस्तै परजीविका कारणले लाग्छ । संक्रमित पोथी लामखुट्टेको टोकाइबाट यो रोग सर्ने गर्दछ । मानिसको शरीरमा यो परजीवि प्रवेश गरेको केही वर्षपछि मात्र रोगका लक्षणहरु देखिन्छन् । लक्षण देखिइसकेपछि भने रोग निको पार्न सकिँदैन ।

हात्तीपाइले रोगबाट बच्न तथा प्रारम्भिक अवस्थामा नै पूर्ण रुपमा निको हुनका लागि रोगको जोखिम भएका सम्पूर्ण जिल्लाहरुमा राष्ट्रिय आम औषधि सेवन कार्यक्रम सञ्चालन हुँदै आएको छ ।

थप समाचार

बाँकेका ६ लाख बढीलाई हात्तीपाईले रोग विरुद्धको औषधी खुवाइँदै

नेपालगन्जमा औषधी खुवाउन कठिन, कभरेज दर भेटाउन हम्मे–हम्मे