नेपालगन्ज विमानस्थलमा आपतकालीन पूर्वअभ्यास


नेपालगन्ज विमानस्थलमा आपतकालीन पूर्वअभ्यास

नेपालगन्ज १२ फागुन: नेपालगन्ज बिमानस्थल परिसरमा आपतकालीन पूर्वअभ्यास गरिएकोछ ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–२० राँझास्थित नेपालगन्ज बिमानस्थल परिसरमा शुक्रबार ‘काल्पनिक’ बिमान दुर्घटना तथा उद्दार प्रतिकार्य अभ्यास गरिएको हो ।

बिमान दुर्घटना हुँदा गरिनुपर्ने छिटो छरितो उद्दार, क्षती न्यूनीकरण र प्रतिकार्यको काम कसरी गर्ने र त्यसका लागि कस्तो पूर्वतयारी अवस्था रहने भन्ने विषयमा कृत्रिम घटना अभ्यास गरिएको नेपालगन्ज विमानस्थलले जनाएको छ । 

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल प्रहरी अस्पताल, नागरिक उड्यनका पदाधिकारी, नेपाल रेडक्रस सोसाइटी बाँकेका पदाधिकारी र सञ्चारकर्मी लगायतको उपस्थिति र सहकार्यमा उक्त काल्पनिक बिमान दुर्घटना तथा उद्दार प्रतिकार्य अभ्यास गरिएको हो ।

Kids Festival 2022
kanti aarogya hospital

नेपालगन्ज विमानस्थल नेपालको आन्तरिकतर्फ सबै मौसममा सबैभन्दा व्यस्त विमानस्थल पनि हो । पछिल्लो समय नेपालगन्जबाट पोखराका लागि समेत सिधा उडानको परीक्षण भइसकेको छ । सुदूरपश्चिम र कर्णाली भेगका विमानस्थलका लागि यो हव विमानस्थल हो ।

सुरक्षाको दृष्टिकोणले अत्यन्त संवेदनशिल मानिएको विमानस्थलमा समयसापेक्ष हुने यसखाले अभ्यासले विमानस्थलमा कार्यरत कर्मचारी, प्राविधिक तथा सुरक्षाकर्मीलाई सचेत, सजग र अभ्यस्त बनाउने गर्छ ।