खजुराका किशोरीहरुलाई आत्मसुरक्षा तालिम


खजुराका किशोरीहरुलाई आत्मसुरक्षा तालिम

नेपालगन्ज १७ फागुन : किशोरीसँग उपाध्यक्ष कार्यक्रम अन्तरगत किशोरीहरुलाई आत्मसुरक्षा सम्बन्धी तालिम बुधबारदेखि खजुरा गाउँपालिकाको मिनिपार्कमा सुरु भएको छ ।

किशोरीहरुलाई परिआउँदा प्रतिकार र आत्मरक्षा गर्न सक्ने तथा हिंसाबारे चेतना जगाउने उद्देश्यका साथ आयोजना गरिएको तालिममा संवेदनशील अंगमा प्रहार गर्दा आफू कसरी बच्न सकिन्छ, आफ्नो क्षमता आफूले कसरी पहिचान गर्ने, हिंसाका किसिमहरु के–के हुन र आत्म अनुशासनमा कसरी बस्ने तथा परिस्थितिजन्य अवस्थामा आफ्नो बचाउ कसरी गर्न सकिन्छ भन्ने लगाएतका विषयमा प्रशिक्षण दिईनेछ ।

खजुरा गाउँपालिकाको ८ वटै वडाबाट ५१ जना किशोरीहरुको सहभागिता रहेको छ । खजुरा गाउँपालिका महिला तथा बालबालिका शाखाले कार्यक्रम सञ्चालन गरेको थियो । खजुरा गाउँपालिका उपाध्यक्ष मञ्जु मल्लको अध्यक्षता तथा खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विकको प्रमुख आतिथ्यतामा भएको थियो ।

तालिम उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथी विकले आत्मरक्षा कला महिला तथा किशोरीका लागि मात्र नभएर आम नागरिकको रक्षामा महत्वपूर्ण भएको बताए ।

Kids Festival 2022
kanti aarogya hospital

आफूसंग भएको सीप र स्रोत साधनको प्रयोगमा आफ्नो सुरक्षा आफै गर्न सक्ने कला आत्मरक्षा कला भएकाले यसको महत्वलाई सबैले बुझ्नु पर्ने उनको भनाइ छ ।

सो अवसरमा खजुरा गाउँपालिका प्रमुख प्रशासकीय नृपाराज उपाध्याय, खजुरा गाउँपालिका समाजिक बिकास समिति संयोजक कृष्ण कुमारी पोख्रेल महिला तथा बालबालिका शाखा प्रमुख शुसिला न्यौपाने लगाएतको उपस्थिति रहेको थियोे । किशोरीहरुलाई आत्म सुरक्षा सम्बन्धी तालिम ६ दिनसम्म प्रशिक्षण दिइनेछ ।