होली खेलेर पौडी खेल्न गएका दुई बालकको डुबेर मृत्यु


होली खेलेर पौडी खेल्न गएका दुई बालकको डुबेर मृत्यु

नेपालगन्ज २४ फागुन : पौडी खेल्ने क्रममा बाँकेका दुई बालकको डुबेर मृत्यु भएकोछ । बाँकेको कोहलपुर –१२ चप्परगौडीका १२ वर्षीय मनसुन बराल र १५ वर्षी अनिल भट्टराईको डुबेर मृत्यु भएको हो ।

कोहलपुर नगरपालिका वडा नम्बर– १० र १३ नम्बरमा पर्ने डुडुवा खोलाको बन्दामा पौडी खेल्ने क्रममा मनसुन र अनिलको खोलामा डुबेर मृत्यू भएको हो ।

मङ्गलबार बिहान होली खेलेर दिउँसो १२ बजेतिर पाँच जना साथीहरु कोहलपुर वडा नम्बर– १० र १३ सिमरीस्थित डुडुवा खोलाको बन्दामा पौडी खेल्दा डुबेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय कोहलपुरका इन्चार्ज डिएसपी सुन्दर तिवारीले जानकारी दिए ।

पौडी खेल्नेक्रममा अन्य साथीहरु भएपनि मनसुन र अनिल मात्र बन्दामा डुबेका हुन् । पाँच जना साथीमा शुरुमा दुई जना पानीमा पसेका थिए । दुई जना नै डुब्दै गएपछि घरपरिवार र प्रहरीलाई घबर गरिएको थियो । घरपरिवार र प्रहरीको टोली घटना स्थलमा पुगेर उद्दार गर्दासम्म दुवैजानाको मृत्यु भइसकेको थियो । यद्यपी उनीहरुलाई अस्पतालइ पु¥याइएको थियो ।

Kids Festival 2022
kanti aarogya hospital
add

उक्त दुर्घटनास्थलमा स्थानीय पिकनिक खान र पौडी खेल्न जानेगरेको पाइन्छ । दुई बालकको डुबेर मृत्यु भएपछि कोहलपुर प्रहरीले बन्दामा दुर्घटनास्थलको बोर्ड राख्ने र पौडी खेल्दा सचेत गराउने तयारी गरेकोछ ।