नेपालगन्ज २४ फागुन : पौडी खेल्ने क्रममा बाँकेका दुई बालकको डुबेर मृत्यु भएकोछ । बाँकेको कोहलपुर –१२ चप्परगौडीका १२ वर्षीय मनसुन बराल र १५ वर्षी अनिल भट्टराईको डुबेर मृत्यु भएको हो ।
कोहलपुर नगरपालिका वडा नम्बर– १० र १३ नम्बरमा पर्ने डुडुवा खोलाको बन्दामा पौडी खेल्ने क्रममा मनसुन र अनिलको खोलामा डुबेर मृत्यू भएको हो ।
मङ्गलबार बिहान होली खेलेर दिउँसो १२ बजेतिर पाँच जना साथीहरु कोहलपुर वडा नम्बर– १० र १३ सिमरीस्थित डुडुवा खोलाको बन्दामा पौडी खेल्दा डुबेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय कोहलपुरका इन्चार्ज डिएसपी सुन्दर तिवारीले जानकारी दिए ।
पौडी खेल्नेक्रममा अन्य साथीहरु भएपनि मनसुन र अनिल मात्र बन्दामा डुबेका हुन् । पाँच जना साथीमा शुरुमा दुई जना पानीमा पसेका थिए । दुई जना नै डुब्दै गएपछि घरपरिवार र प्रहरीलाई घबर गरिएको थियो । घरपरिवार र प्रहरीको टोली घटना स्थलमा पुगेर उद्दार गर्दासम्म दुवैजानाको मृत्यु भइसकेको थियो । यद्यपी उनीहरुलाई अस्पतालइ पु¥याइएको थियो ।
उक्त दुर्घटनास्थलमा स्थानीय पिकनिक खान र पौडी खेल्न जानेगरेको पाइन्छ । दुई बालकको डुबेर मृत्यु भएपछि कोहलपुर प्रहरीले बन्दामा दुर्घटनास्थलको बोर्ड राख्ने र पौडी खेल्दा सचेत गराउने तयारी गरेकोछ ।
तिब्बततिर उद्धारका लागि चिनियाँ राष्ट्रपतिको निर्देशन
रसुवाको बाढी अनुमानभन्दा भयावह, स्थानीयसँग सम्पर्क टुट्दा उद्धारमा चुनौती
भोटेकोशी बाढीमा ठुलो मानवीय क्षति भएको अनुमान छः सहायक प्रजिअ
अचानक उर्लियाे भाेटेकाेशी, रसुवामा ब्यापक क्षति
गठबन्धनभित्रै विवादका बीच लुम्बिनीका तीन मन्त्रीको सपथ
बालेन शासनका १५० दिन: खस्किदैं गएको त्यो चमक