नेपालगन्ज २९ फागुन : अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) विश्वकप लिग–२ अन्तर्गत पुपुवा न्युगिनी (पीएनजी)विरुद्धको खेलमा नेपाल ९ विकेटले विजयी भएको छ । त्रिकोणात्मक एकदिवसीय सिरिजको तेस्रो खेलमा पीएनजीमाथि नेपालले सहज जित निकालेको हो । सोमबार भएको खेलमा नेपालले पीएनजीलाई ९ विकेटले हराएको छ ।
त्रिवि क्रिकेट मैदानमा पीएनजीले दिएको ९६ रनको लक्ष्य पछ्याएको नेपालले ७ ओभर ४ बलमा एक विकेट गुमाउँदै १०० रन बनायो ।
नेपालका लागि आसिफ शेखले अर्धशतकीय पारी खेले । २१ बल खेलेका उनले ८ चौका र ३ छक्काको सहयोगमा ५३ रन बनाए । नेपालका लागि कुशल भुर्तेलले १४ बलमा ४ चौका र २ छक्काको सहयोगमा ३३ रन बनाए । त्यस्तै कुशल मल्लले १२ रन बनाए । पीएनजीका लागि काड सोपरले एक विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले ३२ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै मात्र ९५ रन बनाएको थियो । पीएनजीका लागि असाड भालाले सर्वाधिक २० रन बनायो । त्यस्तै सेसे बाउले १८ रन बनाउँदा कार्लेस आमिनी १६, हिरी हिरीले १४ रन बनाउन बाहेक अन्य ब्याट्म्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक पाँच विकेट लिए ।
१० ओभर बलिङ गरेका सन्दीपले १ मेडेन ओभरसँगै २५ रन खर्चे । नेपालका लागि ललित राजवंसी र कुशल मल्लले दुई–दुई विकेट लिँदा सोमपाल कामीले एक विकेट लिए ।
आजको खेलमा जित निकाल्दै नेपालले लिग–२ मा ३५ खेलबाट ३८ अंक जोडेको छ । पराजित पीएनजीले ३५ खेलबाट ११ अंक जोडेको छ । नेपालले अब एक खेलमा जित निकाल्न सकेमा सोझै विश्वकप छनोट खेल खेल्न पाउनेछ ।
लिग २ को शीर्ष ३ मा रहँदै सोझै विश्वकप छनोट खेल्न नेपालले अब यूएईसँग हुने खेलमा जित निकाल्नुपर्नेछ । नेपालले विश्वकप लिग २ को अन्तिम खेल चैत २ गते यूएईसँग खेल्नेछ । यूएईलाई हराएर जित निकाल्न सकेमा नेपाल सोझै विश्वकप छनोट खेल खेल्न पाउनेछ ।
थप समाचार
कर्णाली मन्त्रिपरिषद् विरुद्ध अदालतमा रिट, समावेशी नभएकाे आराेप
बाँकेका एकजना निर्माण व्यवसायी ‘हनि ट्र्याप’, प्रेममा फँसाएर लाखौं असुल्ने महिला पक्राउ
कस्तो ‘सुरक्षा थ्रेट छ’ चोलेन्द्रलाई?
हिमलुङ हिमालमा ४ शव भेटिए, १२ जना अझै वेपत्ता
टुट्यो देशभरिको सडक सञ्जाल, लुम्बिनी र कर्णालीमा कति सडक अवरुद्ध छन्रु
चोलेन्द्रलाई जसले उठाए उनै एसपीले घरमै लगेर छोडिदिए