खजुराको धार्मिक पर्यटनलाई गाँउपालिकाबाट गौरवको आयोजना घोषणा


खजुराको धार्मिक पर्यटनलाई गाँउपालिकाबाट गौरवको आयोजना घोषणा

खजुरा १ चैत्र : बाँकेको खजुरा क्षेत्रलाई पर्यटकीय केन्द्र बनाउने उद्देश्य सहित गत फागुन २४ गतेदेखी जारी श्रीमद्भागवत ज्ञान महायज्ञ आज समापन भएकोछ ।

पर्यटकीय क्षेत्रसहित खजुरामा विशाल लक्ष्मीनारायणको मूर्ती स्थापना गर्ने लक्ष्य राखिएको महायज्ञबाट ५० लाख बढी रकम संकलन भएको महायज्ञ सम्पादन समितिले जानकारी दिएको छ ।

महायज्ञबाट राखिएको धार्मिक पर्यटनको प्रस्तावलाई अनुमोदन गर्दै खजुरा गाँउपालिकाले धार्मिक पर्यटन सहित खजुरामा स्थापना गरिने मूर्तीको योजनालाई गाँउपालिकाको गौरवको योजनामा राख्ने घोषणा गरेको छ ।

महायज्ञस्थलमा बोल्दै खजुरा गाँउपालिकाका अध्यक्ष डम्बर विकले महायज्ञबाट सुरु गरिएको अभियानलाई आगामी आर्थिक वर्षबाट गौरवको आयोजनामा समावेश गरि कम्तीमा २० लाख नघट्ने गरि बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

Kanti Aarogya Hospital Nepalgunj

उनले पालिकाले थाल्नु पर्ने योजना महायज्ञबाट प्रस्तावित भएको उल्लेख गर्दै धार्मिक पर्यटनको क्षेत्रकारुपमा खजुरालाई विकास गर्न गाँउपालिकाले कुनै कसर बाँकी नराख्ने बताए ।

उनले आफ्नो व्यक्तिगत तर्फबाट एक महिनाको तलबमा थपेर ५१ हजार महायज्ञलाई दान गर्ने समेत घोषणा गरे ।

महायज्ञमा मंगलबार मात्र १५ लाख बढी संकलन भएको यज्ञ सम्पादन समितिका कोषाध्यक्ष विजय बुढाथोकीले जानकारी दिए । मंगलबार स्थानीय धनसिंह राना, हरिओम सुनार लगायतबाट एकलाख भन्दा बढी दान प्राप्त भएको उनले बताए । धार्मिक पर्यटनलाई भन्दै मंगलबार मात्र ५ सय बढी जेष्ठ नागरिकबाट ५ हजार बढी रकम दान प्राप्त भएको बुढाथोकीले बताए ।

सुस्तश्रवणका विद्यार्थी भागवत कथा सुन्न महायज्ञमा

महायज्ञमा श्रीमद्भागवत कथा सुन्न सुस्तश्रवण शक्ति भएका विद्यार्थीहरु समेत महायज्ञमा उपस्थित भएका थिए । कथावाचकले चलाएको ओंठ र इशाराको आधारमा उनीहरुले कथाको भाव बुझेको राष्ट्रिय आधारभूत विद्यालयकी शिक्षिका रमा थापाले बताइन् ।

कथालाई साँकेतिक भाषामा बुझाइएको र अधिकांसले वाचकको इसाराबाटै कथाको सार ग्रहण गरिको उनले बताइन् ।

थप समाचार

महायज्ञमा आर्थिक संकलनले तिब्रता पायो

आध्यात्मलाई सामाजिक विकासमा जोड्दा छिटो नतिजा निस्कन्छ : संबिधानसभा पूर्व उपाध्यक्ष सुबेदी

खजुरालाई धार्मिक पर्यटकीय क्षेत्र निर्माणका लागि सुरुभयो महायज्ञ

खजुराको महायज्ञस्थलमा लक्ष्मी नारायणको नयाँ मुर्ति भित्राइयो

धार्मिक पर्यटनको हब बनाउन खजुरामा महायज्ञ

धार्मिक पर्यटकीयका लागि सप्ताहव्यापी महायज्ञ