खजुरा १ चैत्र : बाँकेको खजुरा क्षेत्रलाई पर्यटकीय केन्द्र बनाउने उद्देश्य सहित गत फागुन २४ गतेदेखी जारी श्रीमद्भागवत ज्ञान महायज्ञ आज समापन भएकोछ ।
पर्यटकीय क्षेत्रसहित खजुरामा विशाल लक्ष्मीनारायणको मूर्ती स्थापना गर्ने लक्ष्य राखिएको महायज्ञबाट ५० लाख बढी रकम संकलन भएको महायज्ञ सम्पादन समितिले जानकारी दिएको छ ।
महायज्ञबाट राखिएको धार्मिक पर्यटनको प्रस्तावलाई अनुमोदन गर्दै खजुरा गाँउपालिकाले धार्मिक पर्यटन सहित खजुरामा स्थापना गरिने मूर्तीको योजनालाई गाँउपालिकाको गौरवको योजनामा राख्ने घोषणा गरेको छ ।
महायज्ञस्थलमा बोल्दै खजुरा गाँउपालिकाका अध्यक्ष डम्बर विकले महायज्ञबाट सुरु गरिएको अभियानलाई आगामी आर्थिक वर्षबाट गौरवको आयोजनामा समावेश गरि कम्तीमा २० लाख नघट्ने गरि बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले पालिकाले थाल्नु पर्ने योजना महायज्ञबाट प्रस्तावित भएको उल्लेख गर्दै धार्मिक पर्यटनको क्षेत्रकारुपमा खजुरालाई विकास गर्न गाँउपालिकाले कुनै कसर बाँकी नराख्ने बताए ।
उनले आफ्नो व्यक्तिगत तर्फबाट एक महिनाको तलबमा थपेर ५१ हजार महायज्ञलाई दान गर्ने समेत घोषणा गरे ।
महायज्ञमा मंगलबार मात्र १५ लाख बढी संकलन भएको यज्ञ सम्पादन समितिका कोषाध्यक्ष विजय बुढाथोकीले जानकारी दिए । मंगलबार स्थानीय धनसिंह राना, हरिओम सुनार लगायतबाट एकलाख भन्दा बढी दान प्राप्त भएको उनले बताए । धार्मिक पर्यटनलाई भन्दै मंगलबार मात्र ५ सय बढी जेष्ठ नागरिकबाट ५ हजार बढी रकम दान प्राप्त भएको बुढाथोकीले बताए ।
सुस्तश्रवणका विद्यार्थी भागवत कथा सुन्न महायज्ञमा
महायज्ञमा श्रीमद्भागवत कथा सुन्न सुस्तश्रवण शक्ति भएका विद्यार्थीहरु समेत महायज्ञमा उपस्थित भएका थिए । कथावाचकले चलाएको ओंठ र इशाराको आधारमा उनीहरुले कथाको भाव बुझेको राष्ट्रिय आधारभूत विद्यालयकी शिक्षिका रमा थापाले बताइन् ।
कथालाई साँकेतिक भाषामा बुझाइएको र अधिकांसले वाचकको इसाराबाटै कथाको सार ग्रहण गरिको उनले बताइन् ।
थप समाचार
महायज्ञमा आर्थिक संकलनले तिब्रता पायो
आध्यात्मलाई सामाजिक विकासमा जोड्दा छिटो नतिजा निस्कन्छ : संबिधानसभा पूर्व उपाध्यक्ष सुबेदी
खजुरालाई धार्मिक पर्यटकीय क्षेत्र निर्माणका लागि सुरुभयो महायज्ञ
खजुराको महायज्ञस्थलमा लक्ष्मी नारायणको नयाँ मुर्ति भित्राइयो
नेपालको बाढी विपदका लागि आर्थिक सहयाेग गर्न तयार छन्, भारत, चीन र विश्व बैंक
अकस्मात उर्लिनुअघि भोटेकोशीको ‘शीर’मा के भइरहेको थियो?
रसुवा बाढी- तीन महिनाका लागि संकटग्रस्त घाेषणा, सरकारले अरु के निर्णय गर्याे?
तिब्बततिर उद्धारका लागि चिनियाँ राष्ट्रपतिको निर्देशन
रसुवाको बाढी अनुमानभन्दा भयावह, स्थानीयसँग सम्पर्क टुट्दा उद्धारमा चुनौती
भोटेकोशी बाढीमा ठुलो मानवीय क्षति भएको अनुमान छः सहायक प्रजिअ