सिडियो कार्यालयभित्र रेडक्रशको ब्यापार, सहुलियतका नाममा लुट


सिडियो कार्यालयभित्र रेडक्रशको ब्यापार, सहुलियतका नाममा लुट

गुलरिया (बर्दिया) २ चैत्र : नेपाल रेडक्रस सोसाइटी भन्ना साथ मानव सेवाको रुपमा परिचित हुँदै आएको छ । तर, बर्दियामा केहि समयदेखि नेपाल रेडक्रस सोसाइटीले सेवा प्रवाहका नाममा जिल्ला प्रशासन कार्यालय बर्दियाको हाताभित्र व्यापार गर्दै आइरहेको आरोप लागेको छ ।

पासपोर्ट निर्माणको लागी फारम वितरण गर्ने र फारम कसरी भर्ने भन्ने विषयमा जानकारी दिने उद्देश्यले जिल्ला प्रशासन कार्यालय बर्दियाको हाताभित्र रहेको नेपाल रेडक्रस सोसाइटीले सोही स्थानबाट अन्य कारोबार पनि गर्दै आइरहेको रहस्य खुलेको हो ।

रेडक्रसले पासपोर्ट बनाउनका लागी आवश्यक पर्ने फारम वितरण तथा हुलाक टिकट र परामर्श दिदँै आएको थियो तर, केही समयदेखि स्टेशनरी सामाग्री, फोटोकपि तथा अन्य सेवा पनि प्रवाह गर्दै आइरहेको हो ।

एउटा कामका लागि भन्दै लाभ लिनकै लागि अर्को काम समेत गर्दै आएपछि रेडक्रसले सो कार्य गर्न पाउने कि नपाउने भन्दै स्थानीय व्यापारीहरुले आपत्ती जनाएकाछन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

रेडक्रसको यस्तो कार्यको विरोध जनाउँदै स्थानीय बयापारीले जिल्ला प्रशासन कार्यालयमा निवेदन समेत दिएका छन् । जिल्ला प्रशासन कार्यालय परिसरभित्र रेडक्रशले सेवाको नाममा व्यापार गरिरहेको हुँदा आफुहरु मर्कामा परेको स्थानीय सागर बुक्स एण्ड स्टेशनरीका सञ्चालक सागर चापागाईले बताए ।

उनका अनुसार रेडक्रशले दिने सेवाका नाममा कमाउ धन्दा सुरु गरेपछि स्थानीय ब्यापारीहरु मर्कामा परेका हुन् । रेडक्रशले प्रशासन कार्यालय भित्रै स्टेशनरीसहित फोटोकपि लगायतका सामाग्री विक्रिवितरण गर्न नहुने हो । गर्नु नै परेमा कार्यालय हाता बाहिर गर्नु पर्ने स्थानीय ब्यापारीको भनाईछ ।

बर्दियाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले आफू बर्दिया हालै सरुवा भएर आएकोले यस विषयमा विस्तृतरुपा बुझेर कारबाही अगाडी बढाउने बताए ।

नेपाल रेडक्रश सोसाइटी बर्दिया शाखाका सभापती कृष्ण गौतमले फोटोकपि र फाराम भर्नको लागी पासपोर्ट सम्बन्धि सामाग्रीहरु मात्र विक्रि गर्न पाउने सहमति भएको र त्यहि अनुसार काम भैरहेको दावि गरे । उनले स्वयम तोकिएको कामबाहेक स्टेशनरी लगायतका सामाग्री विक्री गर्न नपाउने धारणा राखे ।