जब्दीघाट पुल बनेन्, अस्थायी पुल बनाएर शुल्क असुली


जब्दीघाट पुल बनेन्, अस्थायी पुल बनाएर शुल्क असुली

बर्दियाको जब्दीघाटमा निर्माण गरिएको अस्थायी काठको पुल । यो पुल तर्दा ठेकेदारलाई प्रतिब्यक्ति प्रतिपटक दश रुपैयाँ शुल्क तिनुपर्छ । तस्विर:दीपक शर्मा /सेतोखरी

बर्दिया ६ चैत्र : बर्दिया सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने जब्दीघाट पुल भत्केको ६ वर्ष वितेपनि उक्त पुल मर्मत हुन सकेन । योसंगै विगत ६ वर्षदेखि सदरमुकाम गुलरिया आउने जाने सबै मोटर बाटाहरु बन्द भएका छन् ।

जब्दीघाटमा पुल भत्किएपछि विकल्पको रुपमा काठको पुल निर्माण गरि सर्वसाधरणसँग शुल्क लिन थालियो । उक्त शुल्क हटाउन माग गर्दै पालिका प्रमुखको ध्यानाकर्ष गराइएकोछ ।

प्रतिव्यक्ति प्रत्येक पटक १० रुपैयाँका दरले शुल्क लिन थालेपछि उक्त पुलबाट सर्वसाधरण ओहोर–दोहर गर्दा लिइने शुल्क हटाउन माग गर्दै नेपाली उपभोक्ता संरक्षण माहासंघले पालिका प्रमुखको ध्यानाकर्षण गराएको हो ।

गुलरिया नगरपालिका र बारबर्दिया नगरपालिका जोड्ने एक मात्र पुल जब्दी घाटको पुल भत्किएपछि बारबर्दिया र गुलरिया नगरपालिकाले ठेक्कामार्फत डुङ्गा सञ्चालन र त्यसबाट शुल्क लिन अनुमति दिएको थियो । तर, उक्त स्थानमा अहिले ठेक्का लिएकाले अस्थाई रुपामा काठको पुल निर्माण गरेर सर्वसाधरणसँग शुल्क उठाउँदै आएका छन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

नदी तर्दा उक्त अस्थायी पुल प्रयोग गरेबापत शुल्क लिएको भनि चर्को आलोचना र विरोध भएपछि नेपाली उपभोक्ता संरक्षण महासंघ बर्दियाले शुल्क लिने कार्य तुरुन्त रोकी निःशुल्क रुपमा सहज आवागमनको व्यवस्था मिलाउन माग गरेको हो । महांसघले सोमबार गुलरिया र बारबर्दिया नगरपालिकामा ज्ञापन पत्र बुझाउँदै शुल्क नलिन माग गरेको नेपली उपभोक्ता संरक्षण माहासंघ बर्दियाका अध्यक्ष गोविन्दप्रसाद लामिछानेले बताए ।

ज्ञापन पत्रमा जब्दी घाटको पुल निर्माणमा भएको अनियमिताको छानविन गरी दोषिमाथि कारबाही गर्ने कार्यको लागी थप पहल गर्न, भत्किएको पुल निर्माणका लागी आवश्यक थप पहल र आवश्यक सवै उपाय अवलम्बन गर्नुपर्ने, पुल भत्किएको स्थानमा स्थानीय सरकारबाट पैदलयात्रीले प्रति पटक रु १० रुपैयाँ तिर्नुपर्ने गरी लगाइएको ठेक्का तत्काल बदर गरी गुलरिया र बारबर्दिया नगरपालिकाको आर्थिक सहयोग र पहलमा निःशुल्क आवतजावतको व्यवस्था गरी सर्वसाधारणलाई राहत दिनुपर्ने लगायतका ५ बुँदे माग राखिएकोछ ।

उक्त ज्ञापन पत्र गुलरिया र बारबर्दिया नगरपालिकासंगैे बोधार्थ जिल्ला प्रशासन कार्यालय बर्दियालाई समेत पठाइएको नेपाली उपभोक्ता संरक्षण माहासंघका वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद पाण्डेयले बताए ।

यो पुल पप्पु कन्स्ट्रक्सनले साढे १६ करोड बढी लागतमा बनाएको थियो । तर, उद्घाटन हुन नपाई भत्किएको हो । यसको निर्माणमै गुणस्तरहीन सामाग्री प्रयोग भएको भन्दै स्थानीयले विरोध गर्दै आएका थिए । पुल ४ सय ३५ मिटर लामो र ७.४ मिटर चौडा छ । यो पुल तरेर गुलरियाबाट बारबर्दिया नगरपालिका हुँदै पूर्वपश्चिम राजमार्गको रम्बापुर आउ–जाउ गर्न सकिन्थ्यो ।