आर्दश उमाविलाई एनएमबि बैंकद्वारा पानी प्रशोधन मेसिन हस्तान्तरण


आर्दश उमाविलाई एनएमबि बैंकद्वारा पानी प्रशोधन मेसिन हस्तान्तरण

नेपालगन्ज ७ चैत्र : नेपालगन्जको राँझा स्थित आर्दश उमाविलाई शुद्ध पीउने पानीका लागि एक थान पानी प्रशोधन मेसिन हस्तान्तरण गरिएकोछ ।

एनएमबि बैंक लिमिटेड नेपालगन्ज, कारकाँदो शाखाले मङ्गलबार एक कार्यक्रमकाबीच उक्त पानी प्रशोधन मेसिन विद्यालयका प्रिन्सिपल प्रकाश आचार्यलाई हस्तान्तरण गरेको हो ।

एनएमबि बैंक लिमिटेडका क्षेत्रीय प्रबन्धक मेघराज तिमिल्सिना, बैंकको कारकाँदो शाखाका प्रविन श्रेष्ठ र बिडीएम रुचा पोख्रेलले विद्यालयका प्रिन्सिपललाई आचार्यलाई उक्त सहयोग हस्तान्तरण गरेका थिए ।

विद्यालयमा अध्ययनरत विद्यार्थी, शिक्षकलाई शुद्ध पीउने पानीको सहज उपलब्धताका लागि सहयोग पुगोस् भन्ने हेतुले पानी प्रशोधन मेसिन हस्तान्तरण गरिएको बैंकका कारकाँदो शाखा प्रमुख प्रविन श्रेष्ठले जानकारी दिए ।

Kids Festival 2022
kanti aarogya hospital
add

बैंकको सामाजिक उत्तरदायित्व अन्तरगत उक्त सहयोग हस्तान्तरण गरिएको बैंककी बिडीएम रुचा पोख्रेलले सेतोखरीलाई जानकारी दिइन् । यसअघि पनि बैंकले सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न सामाजिक कार्य गर्दै आएको समेत रुचाले बताईन् ।

एनएमबि बैंकले २०१७, २०१८, २०१९, २०२१ मा गरि ४ पटक बैंक अफ द इयर नेपाल तथा नेपालका बैंकहरुबाट पहिलोपटक एशिया महादेश भित्र रहेका बैंकहरुबाट २०२१ मा बैंक अफ द इयर एसियाको उपाधी चुम्न सफल भएको थियो ।