कत्था उद्योग प्रभावितको गुनासो : ‘उद्योगको दुषित पानीले गाईबस्तु मरे’


कत्था उद्योग प्रभावितको गुनासो : ‘उद्योगको दुषित पानीले गाईबस्तु मरे’

नेपालगन्ज ७ चैत्र : कत्था उद्योगबाट निस्कने फोहर पानीका कारण आफूहरु मर्कामा परेको स्थानीयले गुनासो गरेका छन् । नेपालगन्ज कोहलपुर सडक खण्डको जानकी गाउँपालिका–६ पिप्रहवामा रहेका शिव र बालाजु कत्था उद्योगबाट निस्कने दुषित पानी नालीमा मिलाउने गरेको र उक्त पानी खाएका कारण गाईबस्तु बिरामी पर्ने समस्या देखिएको स्थानीयले बताएका छन् ।

कत्था उद्योगबाट सिधै नालीमा पानी मिलाउँदा त्यसको असर गाईबस्तु, जनावर, खेतीपाती र मानव स्वास्थ्यमा समेत असर पारेको भन्दै स्थानीयले समस्या समाधानका लागी अधिकारकर्मी गुहारेका छन् ।

उद्योग प्रभावितबाट गुनासो आएपछि अधिकारकर्मीको एक टोली अनुगमनका लागी मंगलबार पिप्रहवा पुगेको थियो । इन्सेकका कार्यक्रम अधिकृत सरस्वती मल्ल, फियान नेपालगन्ज प्रमुख सुरेश कुमार गौतम, एडभोकेसी फोरमका वसन्त गौतम, नेपालगन्ज उच्च बारका पुर्व अध्यक्ष बलबहादुर चन्द, इन्सेक जिल्ला प्रतिनिधि लक्ष्मी थारु समेतको टोलीले स्थलगत भ्रमण गरि उद्योग प्रभावित, उद्योग सञ्चालकसँग घटनाबारे जानकारी लिएको थियो ।

सोक्रममा अनुगमन टोलीले जानकी गाउँपालिका वडा नम्बर–६ का वडा अध्यक्ष प्रेम बहादुर लोनिया, स्थानीय मानवअधिकार निगरानी समुहका संयोजक मोहम्मद जहिद शेष, स्थानीय जागेश्वर बाहुन, शान्ति लोनिया लगायतसँग घटनाका बारेमा जानकारी लिएको थियो ।

Kids Festival 2022
kanti aarogya hospital
add

सोक्रममा उनीहरुले उद्योगले दुषित पानी नालीमा खसाउने गरेको, दुषित पानी खाएका कारण गाईबस्तु बिरामी पर्ने÷मर्ने गरेको, दुषित पानीका कारण अन्नवानी कम फल्ने गरेको, फोहर पानीले मानिसलाई घाउ खटिरा पर्ने गरेको र वर्षातको समयमा पुरै पानी नालीमा मिसाईदिँदा खजुरा क्षेत्रसम्म यसको असर पर्ने गरेको गुनासो गरेका थिए ।

अनुगमन टोलीले बिव कत्था उद्योगका एमडी पवन कुमार जैनसँग छलफल गरेको थियो । निजले उद्योगले फोहर पानी नालीमा सिधै फाल्ने नगरिएको भन्दै उद्योग सञ्चालनका क्रममा केही कमीकमजोरी भए सुधार्न आफु तयार रहेको बताएका थिए ।

अधिकारकर्मीसँगको छलफलका क्रममा जैनले कानूनसम्मत उद्योग संचालनमा आफु प्रतिबद्ध रहेको जनाउँदै १० दिनभित्र भएका कमीकमजोरी सच्चाई अघिकारकर्मी र स्थानीयबासीसँग छलफल गर्ने प्रतिबद्धता ब्यक्त गरेको अनुगमनमा संलग्न इन्सेक कार्यक्रम अधिकृत सरस्वती मल्लले जानकारी दिईन ।

स्थानीयबासी तथा जानकी गाउँपालिका स्तरीय मानवअधिकार समुहले शिव कत्था उद्योगले उत्पादनजन्य फोहोरपानी नाला तथा नहरमा फालेका कारण बस्तुभाव र खेतीबालीमा असर परेको गुनासो गरेपछि अनुगमन गरेको इन्सेक कार्यक्रम अधिकृत सरस्वती मल्लले जानकारी दिईन ।

शिव कत्था उद्योगका सञ्चालक पवन कुमार जैनले उद्योगको फोहोर पानी व्यवस्थापन गर्ने, उद्योगले पारेको असरबारे वातावरणीय परीक्षण गरी सरोकारवालासँगको बैठक गर्ने प्रतिबद्धता जनाएको अधिकारकर्मी वसन्त गौतमले जानकारी दिए ।

जानकी गाउँपालिका वडा नम्बर–६ का वडा सदस्य प्रेमबहादुर लोनियाले पटक–पटक उद्योगबाट निस्कने फोहोर पानी व्यवस्थापनका लागि आवाज उठाएको तर, सुनुवाई नभएका कारण स्थानीय बासीहरुलाई दुर्गन्ध र फोहोर पानीबाट क्षति व्यहोनु परेको बताए ।

स्थानीयबासी मुन्नीदेवी लोनियाले वर्षायाममा उद्योगको पानी सबै खेतबारीमा जाने र बस्तुभाव नालाको पानी खाएर विरामी पर्ने गरेको गुनासो गरेकी थिईन ।