नेपालगन्जबाट मनकामना ग्यास बोकेर गएको ट्रक दैलेखमा दुर्घटना हुँदा ३ जनाको मृत्यु


नेपालगन्जबाट मनकामना ग्यास बोकेर गएको ट्रक दैलेखमा दुर्घटना हुँदा ३ जनाको मृत्यु

नेपालगन्ज ८ चैत्र : दैलेखमा ग्यास सिलिण्डर बोकेको ट्रक दुर्घटना हुँदा घटनास्थलमै तीन जनाको मृत्यु भएको छ ।

मनकामना ग्यासको सिलिण्डर बोकेको ट्रक दैलेखको गुराँस गाउँपालिका–४ तालपोखरीमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार भे १ ख २२०१ नम्बरको उक्त ट्रक नेपालगन्जबाट गएको थियो । बुधबार बिहान ८ बजेर ४० मिनेटमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा चालक र कामदारसहित ३ जनाको मृत्यु भएको हो । यस्तै एक जना घाइते भएका छन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

मृत्यु हुनेमा सवारी चालक अन्दाजी ३१ वर्षीय कृष्ण चौधरी, ट्रकमा सवार २५ वर्षीय लक्षिराम चौधरी र २३ वर्षीय विष्णु चौधरी रहेको दैलेख प्रहरीले जनाएकोछ । यद्यपी मृतकको ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ ।
प्रहरीको टोली घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ । ट्रक सडकबाट करिब १५० मिटर तल खसेको छ ।