नेपालगन्ज ८ चैत्र : दैलेखमा ग्यास सिलिण्डर बोकेको ट्रक दुर्घटना हुँदा घटनास्थलमै तीन जनाको मृत्यु भएको छ ।
मनकामना ग्यासको सिलिण्डर बोकेको ट्रक दैलेखको गुराँस गाउँपालिका–४ तालपोखरीमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार भे १ ख २२०१ नम्बरको उक्त ट्रक नेपालगन्जबाट गएको थियो । बुधबार बिहान ८ बजेर ४० मिनेटमा दुर्घटनामा परेको हो ।
दुर्घटनामा चालक र कामदारसहित ३ जनाको मृत्यु भएको हो । यस्तै एक जना घाइते भएका छन् ।
मृत्यु हुनेमा सवारी चालक अन्दाजी ३१ वर्षीय कृष्ण चौधरी, ट्रकमा सवार २५ वर्षीय लक्षिराम चौधरी र २३ वर्षीय विष्णु चौधरी रहेको दैलेख प्रहरीले जनाएकोछ । यद्यपी मृतकको ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ ।
प्रहरीको टोली घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ । ट्रक सडकबाट करिब १५० मिटर तल खसेको छ ।
तिब्बततिर उद्धारका लागि चिनियाँ राष्ट्रपतिको निर्देशन
रसुवाको बाढी अनुमानभन्दा भयावह, स्थानीयसँग सम्पर्क टुट्दा उद्धारमा चुनौती
भोटेकोशी बाढीमा ठुलो मानवीय क्षति भएको अनुमान छः सहायक प्रजिअ
अचानक उर्लियाे भाेटेकाेशी, रसुवामा ब्यापक क्षति
गठबन्धनभित्रै विवादका बीच लुम्बिनीका तीन मन्त्रीको सपथ
बालेन शासनका १५० दिन: खस्किदैं गएको त्यो चमक