मातृ मृत्युदर घट्यो, सबैभन्दा बढी लुम्बिनी प्रदेशमा आमाको मृत्यु

कुन प्रदेशमा कति आमाको मृत्यु ?


मातृ मृत्युदर घट्यो, सबैभन्दा बढी लुम्बिनी प्रदेशमा आमाको मृत्यु

नेपालगन्ज १० चैत्र : नेपालमा मातृ मृत्युमा उल्लेख्य सुधार आएको सरकारको अध्ययनले देखाएको छ । राष्ट्रिय जनगणनाले नेपालमा प्रति एकलाख जीवित जन्ममा १५१ जना आमाको मृत्यु हुने देखाएको छ ।

पाँच वर्ष अघि नेपालमा मातृ मृत्यु २३९ जना रहेको छ । जनगणनासँगै यसपटक मातृ मृत्युका विषयमा पनि अध्ययन भएको थियो । उक्त अध्ययनले नेपालमा एक लाख जीवित जन्ममा १५१ जनाको मृत्यु देखाएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र केन्द्रिय तथ्यांक विभागको संयुक्त पहलमा राष्ट्रिय जनगणना २०७८ मा आधारित मातृ मृत्यु अध्ययन गरिएको हो । गर्भास्थादेखि सुत्केरी भएको ४२ दिनसम्मको अवधिमा हुने मृत्युलाई मातृ मृत्युदर भनिन्छ ।

जनगणानाका समयमा जनगणनाका गणकहरुले गणनाको क्रममा कुनै घरपरिवारमा एक वर्षभित्रमा कुनै महिलाको प्रसूतिको समयमा मृत्यु भएको छ वा छैन भनि अध्ययन गरेका थिए । यदी कुनै घरमा महिलाको मृत्यु भएको छ भन्ने यकिन भएमा गणकहरुले स्थानीय स्वास्थ्यकर्मीलाई जानकारी गराउने छन् । त्यसपछि स्वास्थ्यकर्मीले मातृ मृत्यु भएको घरमा पुगेर ‘भर्वल अटप्सि’ प्रश्नावली भरेका थिए ।

Kids Festival 2022
kanti aarogya hospital
add

प्रजनन् उमेरका महिलाहरुको मृत्युमध्ये करिब १२ प्रतिशत महिलाको मृत्युको कारण मातृ मृत्यु रहेको पाइन्छ । सन् २०१६ मा एक लाख जीवित जन्ममा मातृ मृत्यु अनुपात २३९ रहेको छ । दिगो विकासको लक्ष्य अनुरुप सन् २०३० सम्ममा यो अनुपात ७० मा झार्ने सरकारको लक्ष्य छ ।

कुन प्रदेशमा कति आमाको मृत्यु ?

जनगणनाको प्रतिवेदन अनुसार देशभरमा प्रति एक लाख जीवित जन्ममा १५१ मातृ मृत्यु रहे पनि सबैभन्दा बढी लुम्बिनी प्रदेशमा अझै पनि २०७ आमाको मृत्यु भएको छ । त्यसपछि कर्णाली प्रदेशमा १७२, गण्डकीमा १६१, कोशी प्रदेशमा १५७, मधेश प्रदेशमा १४०, सुदूरपश्चिम प्रदेशमा १३० र बागमती प्रदेशमा ९८ आमाहरुको मृत्यु भएको छ ।

प्रतिवेदन अनुसार अध्ययनका क्रममा गर्भावस्थासँग सम्बन्धित ६५३ मृत्यु मध्ये ९५ प्रतिशत ६२२ मातृ मृत्यु रहेको छ । प्रजनन उमेरका महिलाको मृत्युमध्ये मातृ मृत्युको समग्र अनुपात ४.८ प्रतिशत रहेको छ । मातृ मृत्यु भएका महिलाहरूमध्ये ३३ प्रतिशत महिलाको मृत्यु गर्भावस्थामा, ६ प्रतिशतको प्रसव अवस्थामा र ६१ प्रतिशत महिलाको मृत्यु सुत्केरी अवस्थामा भएको पाइएको छ ।

थप समाचार

नेपालको जनसंख्या तीन करोड पुगेन

नेपालको साक्षरता दर ७६ प्रतिशत, ४.५ प्रतिशत परिवार शौचालयको पहुँच बाहिर

करिब २२ लाख नेपाली विदेशमा