नेपालगन्ज १० चैत्र : नेपालमा अझैंपनि १० देखि १४ वर्षको उमेरमा विवाह गर्नेको संख्या ७ प्रतिशत रहेको पाइएकोछ । राष्ट्रिय जनगणना २०७८ का अनुसार १०–१४ वर्ष उमेरमा पहिलो विवाह हुनेहरू ७ प्रतिशत रहेका छन् । यो तथ्यांकले अझैं पनि नेपालमा बालविवाहको नाजुक अवस्था चित्रण गरेकोछ ।
धेरैजसो व्यक्तिहरू (३४.४ प्रतिशत) को पहिलो विवाह १८ देखि २० वर्षको उमेरमा भएको पाइएको छ । दोस्रोमा १५ देखि १७ वर्षको उमेरमा पहिलो विवाह हुने व्यक्तिहरू २२.३ प्रतिशत छन् । दश वर्षमूनिको उमेरमा पहिलो विवाह भएका व्यक्तिहरू ०.३ प्रतिशत छन् । यसैगरी, समग्रमा पहिलो विवाह गर्दाको औषत उमेर १९ वर्ष हुन आउँछ, जसमा पुरुषको २१ वर्ष र महिलाको १८ वर्ष रहेको छ ।
प्राप्त नतिजा अनुसार १० वर्ष वा सो भन्दा बढी उमेरका कुल जनसंख्याको ३३.१ प्रतिशत व्यक्तिहरू अविवाहित रहेका छन् । जसमा पुरुष ३८.२ प्रतिशत र महिला २८.४ प्रतिशत छन् । त्यस्तै, १० वर्ष वा सो भन्दा बढी उमेरका व्यक्तिहरूमध्ये ६१.८ प्रतिशत हाल विवाहित अवस्थामा छन् । हाल विवाहित पुरुष र महिलाहरू उनीहरूको कुल जनसंख्याको क्रमशः ५९.१ र ६४.३ प्रतिशत रहेका छन् ।
थप समाचार
नेपालको जनसंख्या तीन करोड पुगेन
नेपालको साक्षरता दर ७६ प्रतिशत, ४.५ प्रतिशत परिवार शौचालयको पहुँच बाहिर
मातृ मृत्युदर घट्यो, सबैभन्दा बढी लुम्बिनी प्रदेशमा आमाको मृत्यु
संविधानका बाचा पूरा गर्न सरकार प्रतिवद्ध छ: प्रधानमन्त्री
महाधिवेशनमा होमियो काँग्रेस, आजदेखि वडाहरूमा नयाँ नेतृत्व चुनिदैं
संविधानले नै समीक्षा मागिसकेको छ : रास्वपा
संविधानले नै समीक्षा मागिसकेको छ : रास्वपा
संविधानको पूर्ण कार्यान्वयन राष्ट्रिय संकल्प हुनुपर्छ : राष्ट्रपति
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत