File Photo
नेपालगन्ज १२ चैत्र : नेपाल प्रहरीले पछिल्लो तीन महिनामा रु १० लाखभन्दा बढी नक्कली नोट बरामद गरेको जनाएको छ ।
नेपाल प्रहरीका केन्द्रिय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले मङ्सिर, पुस र माघ महिनामा उक्त परिमाणमा नक्कली नोट बरामद गरिएको जानकारी दिए ।
प्रहरी प्रधान कार्यालयको तथ्याङ्कअनुसार मङ्सिरपछि नेपाली नक्कली नोट कारोबारमा संलग्न २२ जना पक्राउ परेका छन् । गत मङ्सिरमा तीनजना पक्राउ परेका थिए । उनीहरुको साथबाट प्रहरीले रु एक हजार दरका रु २६ हजार र रु ५०० दरको रु चार हजार पाँच नक्कली नोट बरामद गरेको जनाएको छ ।
साथै, पुसमा १७ पक्राउ परेका र उनीहरुको साथबाट रु एक हजार दरको रु पाँच लाख ३६ हजार बरामद गरिएको थियो । पुसमा ५००, १०० र ५० दरका पनि नक्कली नोट भेटिएको प्रहरीले जनाएको छ ।
माघमा रु एक हजार दरको रु चार लाख ४४ हजार नक्कली नोट बरामद गरिएको प्रहरीले जनाएको छ ।
काठमाडौंको कालोपुलबाट यही चैत १ गते नक्कली नोट कारोबारमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ । उनीहरुको साथबाट उपत्यका अपराध अनुसन्धान कार्यालयले रु ६ लाख ३६ हजार नक्कली नोट बरामद गरेको जनाएको छ ।
पक्राउ पर्नेमा रामेछापको खाँडोदवी गाउँपालिका–८ घर भएर काठमाडौं बस्ने ३४ वर्षीय छिरिङ लामा र दोलखाको भिमेश्वर नगरपालिका–७ घर भएर सतुङ्गल बस्ने २४ वर्षीय सुरेन्द्र कार्की रहेका प्रहरी प्रधान कार्यालयले जनाएको छ । -रासस
बर्दिया र कैलालीका उखु किसाउन कहिले पाउँछन्, पौने ३ करोड?
छुरा प्रहारबाट घाइते भए तर १७४ यात्रुको ज्यान जोगाए, अहिले विश्वभरि ‘हिरो’ भए यी पाइटल
नेपाली काँग्रेसको महाधिवेशन : देउवाको समूहले आजदेखि वडाबाट सुरु गर्देैछ
इन्जिनियर सांसदहरूलाई बोलाएर प्रधानमन्त्रीले भने- राजनीति कम गर्नूस्, दक्षता देखाउनुस्
काँग्रेस महामन्त्रीकाे दौडमा अमरसिंह- को हुन् उनि?
राप्ती प्रतिष्ठानमा ‘बेवारिसे’ बिरामी, लाखौं बक्यौता भएपछि परिवार खोज्न गुहार