नरैनापुर २२ चैत्रः बाँकेको नरैनापुर गाउँपालिका– ६ गंगापुरमा नवनिर्मित सशस्त्र प्रहरी बल नेपाल ‘बोर्डर आउट पोष्ट’को भवन उद्घाटन गरिएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर–५ बाहिनी मुख्यालय रुपन्देहीका बाहिनीपति बिदुर खडका र नरैनापुर गाँउपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले बुधबार एक समारोहका बिच संयुक्त रूपमा नवनिर्मित भवनको उद्घाटन गरे ।
कार्यक्रममा बोल्दै बाहिनीपति खड्काले सीमा सुरक्षाको जिम्मेवारी बाहेक पनि राष्ट्रले सुम्पेको अन्य जिम्मेवारीमा तल्लीन भएर सशस्त्र प्रहरीले काम गरिरहेको बताए । उनले मुलुकको भूमि एक इन्च पनि तलमाथि नहुने गरी सशस्त्र प्रहरी संवेदनशील भई काम गर्ने बताए ।
नागरिकको सुरक्षाका लागि सुरुमा सुरक्षाकर्मीलाई नै बलियो बनाउनुपर्ने भन्दै सो ठाउँमा बोर्डर आउट पोष्टको स्थापना गरिएको बाहिनीपतिको भनाई थियो । सीमा सुरक्षाका लागि सबैको भूमिका महत्वपूर्ण रहने बताउँदै बाहिनीपति खड्काले ‘सीमा सुरक्षा गर्ने जिम्मेवारी सुरक्षाकर्मीको मात्र हो भनेर भन्नू हुन्न तपाई हामी नागरिकको पनि उत्तिकै भूमिका रहन्छ ।’
कार्यक्रममा बोल्दै नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले सशस्त्र द्वन्द्वको विषम परिस्थितिमा स्थापना भई मुलुकमा शान्ति सुरक्षामा सशस्त्र प्रहरीले महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै प्रशंसा गरे ।
उनले विपद्का बेला उद्धार संक्रामक रोग नियन्त्रणमा पनि सशस्त्र प्रहरीको महत्वपूर्ण भूमिका रहेको बताए । अध्यक्ष शाहले सीमा क्षेत्रमा सशस्त्र प्रहरीको निरन्तर डिउटीले गर्दा चोरी तस्करी कम भएको बताउँदै भने ‘पहिले गाउँमै आएर चोरी, डकैती हुने गरेको भन्ने सुन्ने गरिन्थ्यो, अहिले त्यस्तो भएको छैन, सीमा क्षेत्रमा हुने अबैध ओसारपसार पनि रोकिएको छ ।’
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक सन्तोष सिंह राठौर, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक मोहन कुँवर, नरैनापुर गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणीराम खराल, सशस्त्रका डिएसपी दीपक चन्द, वडा नम्बर–५ का अध्यक्ष कृष्णचन्द्र मौर्य, वडा नम्बर–६ का अध्यक्ष प्रेम मौर्य, नरैनापुरका लेखा अधिकृत भरत बस्नेत लगायतको सहभागिता रहेको थियो ।
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
भारतको बजारमा आगो दन्कियो, धनगढी उपमहानगरका दकमल पुगेर निभाए
आप्रवासन रोक्न माग गर्दै अष्ट्रेलियामा प्रदर्शन सुरु
डोल्पा जेल ब्रेक : भागेर जंगलमा बसेका दुई कैदीहरू, अब दुई जना बाँकी