नेपालगन्ज फोटो फेस्टिवल वैशाख ८ र ९ मा

फोटो छनोट कार्य अन्तिम चरणमा


नेपालगन्ज फोटो फेस्टिवल वैशाख ८ र ९ मा

File Photo

नेपालगन्ज २२ चैत्र : नेपालगन्ज फोटो फेस्टिवल अन्तर्गत आयोजित फोटो प्रतिस्पर्धामा पठाइएका फोटोहरुको छनोट कार्य अन्तिम चरणमा पुगेको छ । ‘केहिदिनमा उत्कृष्ट फोटोहरु घोषणा गर्छौं’– निर्णायक समितिका संयोजक विकास कार्कीले भने, ‘नेपालगन्ज फोटो फेस्टिवलमा यसपटक धेरै उत्कृष्ट फोटोहरु आएका छन् ।’

लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका फोटो मात्रै प्रतिस्पर्धामा लिने गरेको नेपालगन्ज फोटो फेस्टिबलले यस वर्ष देशैभरबाट फोटो आह्वान गरेको हो ।

देशभरका एक सय ५१ उत्कृष्ट फोटोहरुको प्रदर्शनी भने आगामी बैशाख ८ र ९ गते नेपालगन्जमा हुने भएको छ । यसअघि चैत्र २१ र २२ गते प्रर्दशनी गर्ने भनिएकोमा एसईई परीक्षाका कारण बैशाखमा सारिएको हो ।

यसैगरी बाँके जिल्लाका ८ वटै पालिकाका धार्मिक पर्यटकीय स्थल, भेषभुषा, कला संस्कृति, मौलिक परिकार, जीवनशैली झल्किने ‘एक से एक तस्विरमा बाँके’ फोटो प्रदर्शनीका लागि आएका फोटोहरुको पनि छनोेट भइरहेको छ । यसमा १ सय १ फोटो छनोट गरेर प्रदर्शनीमा राखिनेछ ।

Kids Festival 2022
kanti aarogya hospital

अन्तराल र नेपालगन्ज ग्यालेरीको सहकार्यमा गरिने उक्त प्रदर्शनीका लागि युवा पुस्ताहरुले व्यापक सहभागिता जनाएको ग्यालरीका संस्थापक समीरमान श्रेष्ठले बताए ।

फेस्टिबलकै अवसर पारेर गरिने ‘उहिलेको नेपाल’ फोटो प्रदर्शनीमा वर्षौ अगाडी खिचिएका फोटोहरु समावेश हुनेछन् । सुनील उलकले संकलन गरेको र किरणमान चित्रकारले उपलब्ध गराएका तस्वीहरु उक्त प्रदर्शनीमा राखिनेछ ।

यसैगरी सोही अवसरमा नेपाल फोटोग्राफी समिट आयोजना हुनेछ । जसमा सबै पुस्ताका नेपाली फोटो पत्रकारहरु र हरेक विधाका फोटोग्राफरहरु सहभागि हुनेछन् । देशैभरबाट १ सय १ जनाको सहभागिता रहनेछ ।
फेस्टिबलकै अवसरमा ३ दिने फोटो पत्रकारिता तालिम आयोजना हुनेछ, जसमा ५० जना सहभागि हुने आयोजकले जनाएको छ ।

थप समाचार

नेपालगन्ज फोटो फेस्टिवल र फोटोग्राफी समिटको ब्यापक तयारी

देशमै ‘पहिलोपटक’ नेपालगन्जमा ‘नेपाल फोटोग्राफी समिट’ गरिदैँ

तेस्रो नेपालगन्ज फोटो फेस्टिवलका लागि फोटो आह्वान

नेपालगन्जको ईतिहास जोगाउन फोटो फेस्टिबल

शाहको एकल फोटो प्रर्दशनी हुदैं

फागुन पहिलो साता नेपालगन्ज फोटो फेस्टिबल