युवा संघको ९ औं महाधिवेशन : अध्यक्षमा क्षितिज थेवे र सन्तोष रावलले प्रतिस्पर्धा भिड्दै


युवा संघको ९ औं महाधिवेशन : अध्यक्षमा क्षितिज थेवे र सन्तोष रावलले प्रतिस्पर्धा भिड्दै

नेपालगन्ज २९ चैत्र : बाँकेको नेपालगन्जमा जारी नेकपा एमालेको जनवर्गीय संगठन राष्ट्रिय युवा संघको ९ औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुने भएकोछ । यसअघि युवा संघको नेतृत्व र पदाधिकारीमा सर्वसम्मतको प्रयास गरिएपनि नेतृत्व छनोटमा सहमति जुट्न नसकेपछि निर्वाचन प्रक्रियामा अंगालिएको हो ।

बुधबार दिउँसो १ बजेसम्म दिइएको समयमा १७ पदका लागि मनोनयन दर्ता भएको छ । सर्वसम्मत नेतृत्व छनोटको प्रयास हुन नसकेकाले निर्वाचन प्रक्रिया मार्फत नेतृत्व छनोट गर्ने तयारी भएको युवा संघ महाधिवेशन सचिवालयले जनाएकोछ ।

संघको अध्यक्षमा क्षितिज थेवे र सन्तोष रावलले उम्मेदवारी दिएका छन् । क्षितिज वर्तमान संघका महासचिव हुन् । यस्तै महासचिवमा सुमन पुरी तथा अन्जना अधिकारीले उम्मेदवारी दिएका छन् ।

एक–एक जना अध्यक्ष र महासचिव, तिन जना उपाध्यक्ष, दुईजना उप–महासचिव, एक जना कोषाध्यक्ष तथा समावेसी सहित नौ जना गरि १७ जना पदाधिकारीका लागि निर्वाचन हुदै छ ।

Kids Festival 2022
kanti aarogya hospital

महाधिवेशनमा भाग लिन देशभरबाट आएका दुई हजार बढि युवा प्रतिनिधि नेपालगन्ज आएका छन् । महाधिवेशनले समग्र युवा आन्दोलनको समिक्षा गर्दै नयाँ नेतृत्व चयन गर्नुका साथै युवालाई सामाजिक रुपान्तरण गर्न मार्गनिर्देश गर्ने छ ।

अधिवेशनबाट नयाँ नेतृत्व समेत चुनिने भएकाले यस आयोजनालाई महत्वपुर्ण दृष्टिकोणले हेरिएको छ भने, पदाधिकारीका आकाँक्षीहरु नतिजा आफ्नो पक्षमा पार्नका लागि प्रयासरत छन् ।

मनोनयन दर्ता भएर निर्वाचनको प्रक्रिया अगाडी बढेको संघका पुर्व प्रवक्ता तथा उप–महासचिवका उम्मेदवार महाराज गुरुङले बताए । उनले भने, ‘हामी दावि विरोध प्रक्रियामा छौं । निर्वाचन मण्डलले परेका उम्मेदवारी माथि छानविन गरिरहेको छ । उम्मेदवारहरुसंग छलफलमै छौं । छलफलबाट समाधान ननिस्केको खण्डमा आज रातिसम्म हामी निर्वाचनमा जान्छौं । यद्यपी सकेसम्म सहमति गर्ने प्रयास भने रहनेछ ।’

थप समाचार

युवा संघको महाधिवेशनले नेपालगन्जलाई चिनाउने छ : संयोजक खेमराज शर्मा

युवा संघको महाधिवेशन तयारी पूरा

युवा संघको ९ औं महाधिवेशन, सिंगारिदैै नेपालगन्ज

युवा संघको राष्ट्रिय महाधिवेशन : ओलीले उद्घाटन गर्ने, बद्री र रचना लगायतका कलाकारले नचाउने

युवा संघको महाधिवेशन ऐतिहासिक हुनेछः इन्चार्ज पुरी

 नेपालगन्जमा युवा संघको राष्ट्रिय महाधिवेशन, दशौं हजार जनपरिचालन गरिदैँ