नेपालगन्ज २९ चैत्र : बाँकेको नेपालगन्जमा जारी नेकपा एमालेको जनवर्गीय संगठन राष्ट्रिय युवा संघको ९ औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुने भएकोछ । यसअघि युवा संघको नेतृत्व र पदाधिकारीमा सर्वसम्मतको प्रयास गरिएपनि नेतृत्व छनोटमा सहमति जुट्न नसकेपछि निर्वाचन प्रक्रियामा अंगालिएको हो ।
बुधबार दिउँसो १ बजेसम्म दिइएको समयमा १७ पदका लागि मनोनयन दर्ता भएको छ । सर्वसम्मत नेतृत्व छनोटको प्रयास हुन नसकेकाले निर्वाचन प्रक्रिया मार्फत नेतृत्व छनोट गर्ने तयारी भएको युवा संघ महाधिवेशन सचिवालयले जनाएकोछ ।
संघको अध्यक्षमा क्षितिज थेवे र सन्तोष रावलले उम्मेदवारी दिएका छन् । क्षितिज वर्तमान संघका महासचिव हुन् । यस्तै महासचिवमा सुमन पुरी तथा अन्जना अधिकारीले उम्मेदवारी दिएका छन् ।
एक–एक जना अध्यक्ष र महासचिव, तिन जना उपाध्यक्ष, दुईजना उप–महासचिव, एक जना कोषाध्यक्ष तथा समावेसी सहित नौ जना गरि १७ जना पदाधिकारीका लागि निर्वाचन हुदै छ ।
महाधिवेशनमा भाग लिन देशभरबाट आएका दुई हजार बढि युवा प्रतिनिधि नेपालगन्ज आएका छन् । महाधिवेशनले समग्र युवा आन्दोलनको समिक्षा गर्दै नयाँ नेतृत्व चयन गर्नुका साथै युवालाई सामाजिक रुपान्तरण गर्न मार्गनिर्देश गर्ने छ ।
अधिवेशनबाट नयाँ नेतृत्व समेत चुनिने भएकाले यस आयोजनालाई महत्वपुर्ण दृष्टिकोणले हेरिएको छ भने, पदाधिकारीका आकाँक्षीहरु नतिजा आफ्नो पक्षमा पार्नका लागि प्रयासरत छन् ।
मनोनयन दर्ता भएर निर्वाचनको प्रक्रिया अगाडी बढेको संघका पुर्व प्रवक्ता तथा उप–महासचिवका उम्मेदवार महाराज गुरुङले बताए । उनले भने, ‘हामी दावि विरोध प्रक्रियामा छौं । निर्वाचन मण्डलले परेका उम्मेदवारी माथि छानविन गरिरहेको छ । उम्मेदवारहरुसंग छलफलमै छौं । छलफलबाट समाधान ननिस्केको खण्डमा आज रातिसम्म हामी निर्वाचनमा जान्छौं । यद्यपी सकेसम्म सहमति गर्ने प्रयास भने रहनेछ ।’
थप समाचार
युवा संघको महाधिवेशनले नेपालगन्जलाई चिनाउने छ : संयोजक खेमराज शर्मा
युवा संघको महाधिवेशन तयारी पूरा
युवा संघको ९ औं महाधिवेशन, सिंगारिदैै नेपालगन्ज
युवा संघको राष्ट्रिय महाधिवेशन : ओलीले उद्घाटन गर्ने, बद्री र रचना लगायतका कलाकारले नचाउने
युवा संघको महाधिवेशन ऐतिहासिक हुनेछः इन्चार्ज पुरी
नेपालगन्जमा युवा संघको राष्ट्रिय महाधिवेशन, दशौं हजार जनपरिचालन गरिदैँ
भोटेकोशी बाढीमा ठुलो मानवीय क्षति भएको अनुमान छः सहायक प्रजिअ
अचानक उर्लियाे भाेटेकाेशी, रसुवामा ब्यापक क्षति
गठबन्धनभित्रै विवादका बीच लुम्बिनीका तीन मन्त्रीको सपथ
बालेन शासनका १५० दिन: खस्किदैं गएको त्यो चमक
जेनजी हुँ भन्दै महिला प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ
डाेल्पाका बस्ती नजिकै देखिनथाले हिउँ चितुवाहरू (भिडिओसहित)