महाआरतीमा राजपरिवार सहभागि, बागेश्वरीमा श्रद्धालुले ठूलो भिड


महाआरतीमा राजपरिवार सहभागि, बागेश्वरीमा श्रद्धालुले ठूलो भिड

पश्चिम नेपालको शक्तिपीठ बागेश्वरी मन्दिरमा हुने साप्ताहिक महाआरतीमा सहभागि हुँदै राजा ज्ञानेन्द्रसहित राजपरिवार ।

नेपालगन्ज १८ वैशाख : प्रसिद्ध शक्ति पिठ बागेश्वरी मन्दिरमा सुरु भएको सन्ध्याकालिन साप्ताहिक महाआरतीमा राजा ज्ञानेन्द्र शाह सहित राजपरिवारले सहभागिता जनाएकाछन् । महाआरतीमा राजा ज्ञानेन्द्र शाह, रानी कोमल शाह, छोरी प्रेरणा र बुहारी हिमानी शाह लगायत सहभागि भएका हुन् ।

पश्चिम नेपालको एक महिने भ्रमणका लागि गत शुक्रबार बेलुका बुद्ध एयरको जहाजबाट नेपालगन्ज आएका राजा ज्ञानेन्द्र सहित राजपरिवारले बागेश्वरी मन्दिरमा हुने साप्ताहिक महाआरतीमा सहभागि भएका हुन् । बागेश्वरी मन्दिरमा प्रत्येक हप्ताको सोमबार महाआरती हुने गर्दछ । यो १४ औं संस्करणको महाआरती हो ।

पश्चिम नेपालकै प्रशिद्ध मन्दिर नेपालगन्जस्थित बागेश्वरी मन्दिरमा हुने साप्ताहिक ‘महाआरती’मा राजपरिवारको सहभागिता हुने भएपछि अन्यदिनभन्दा सर्वसाधरण तथा भक्तजनको उल्लेख्य भीड लागेको थियो ।

महाआरतीको शुभसाईत सोमबार बेलुका ६ः३७ बजेको रहेपनि राजा ज्ञानेन्द्र पौने ६ बजे नै बागेश्वरी मन्दिर परिसर पुगेका थिए । नेपालगन्ज भुजईगाउँस्थित सोल्टी होटलमा बसिरहेका राजा ज्ञानेन्द्र महाआरतीका लागि धम्बोझी चोकबाट सेतुविक चोक भएर न्यूरोड हुँदै बागेश्वरी मन्दिरको पूर्वी गेटबाट मन्दिर प्रवेश गरेका थिए ।

Kids Festival 2022
kanti aarogya hospital
add

राजा ज्ञानेन्द्रलाई राप्रपाका महामन्त्री एवम प्रतिनिधि सभाका सांसद डाक्टर धवल शम्सेर राणा, बागेश्वरी मन्दिरका मुल महन्त चन्दननाथ योगी लगायतले स्वागत गरेका थिए ।

बागेश्वरी मन्दिर प्रवेश गरेका राजा ज्ञानेन्द्रले महाआरतीमा सहभागि जनाउनु अघि बागेश्वरी मन्दिरमा विशेष पुजा गरेका थिए । बागेश्वरीको पुजा पश्चात राजा र राजपरिवार महाआरतीमा सहभागि भएका थिए ।

महाआरतीमा सहभागि भइरहँदा केहि क्षण वर्षा भएको थियो । झरीलाई समेत वेप्रवाह गरि राजासहित उपस्थित श्रद्धालुले महाआरती भब्यताका साथ मनाए ।

महाआरतीमा राजपरिवारको सहभागिता हुने भएपछि महाआरती स्थल र बागेश्वरी मन्दिर सरसफाई गरिनुका साथै सिंगारिएको थियो ।

नेपालगन्जको बागेश्वरी मन्दिरमा केही महिनादेखि हरेक सोमबार महाआरती गरिदैँ आएको छ । महाआरतीमा दिन प्रतिदिन भक्तजनको घुँइचो लागिरहेको छ । पश्चिम नेपालको प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरमा बाह्य तथा आन्तरिक पर्यटकको सधै“ भीड हुने गर्दछ । हरेक सोमबार महाआरती हुने भएपछि भक्तजनहरू स्वस्फूर्त आउने गरेका छन् ।

महाआरतीमा तीन जना पण्डितले चारै दिशातर्फ फर्किएर आरतीका विधि पूरा गर्ने र सन्ध्या आरतीपछि भजन कीर्तन पनि गर्ने गरिएको छ । महाआरतीमा सहभागी हुँदा पितृमोक्षका साथै मनोकामना पूरा हुने धार्मिक विश्वास रहेको छ ।

‘वेष्टर्न ट्राभल मार्ट’को अवसरमा गत माघ १५ गतेदेखि साप्ताहिक रूपमा बागेश्वरी मन्दिरमा महाआरती सुरु गरिएको हो ।

ट्राभल एजेन्ट्स एशोसिएशन अफ नेपाल (नाट्टा) बाँकेका अध्यक्ष श्रीराम सिग्देलकै अथक प्रयास र समन्वयमा महाआरतीले पूर्णता पाएको हो । बागेश्वरी मन्दिरमा प्रत्येक सोमबार हुने महाआरतीले धार्मिक पर्यटक प्रवद्र्धनमा सघाउ पुगेको नाट्टा बाँकेका अध्यक्ष श्रीराम सिग्देलले बताए ।

एक महिने पश्चिम नेपालको भ्रमणमा नेपालगन्ज आएका राजा ज्ञानेन्द्रको यही वैशाख २० गते नेपालगन्जको रामलिला मैदानमा नागरिक अभिनन्दन गरिदैँछ । राजा ज्ञानेन्द्रको नागरिक अभिनन्दनलाई भव्य बनाउन नेपालगन्जमा तयारी तिव्र पारिएको राप्रपाका सहायक महामन्त्री ऋषिराज देवकोटाले जानकारी दिए ।

थप समाचार

महाआरतीमा राजापरिवार सहभागि हुँदै, भव्य तयारी

नेपालगन्ज आएसँगै राजा ज्ञानेन्द्रको ब्यस्तता बढ्यो

एक महिने पश्चिम नेपालको भ्रमणका लागि राजा ज्ञानेन्द्र शुक्रबार नेपालगन्ज आउदैँ

बागेश्वरीमा हुने महाआरतीमा राजा ज्ञानेन्द्रसहित राजपरिवार सहभागि हुदैँ