सांकेतिक तस्विर
नेपालगन्ज १० जेठ : नेपालगन्ज र कोहलपुरका दुई युवतीको राप्ती नदीमा डुबेर मृत्यु भएको पाइएकोछ । बाँकेको राप्ती नदीमा पौडी खेल्ने क्रममा डुबेर ती दुई युवतीको मृत्यु भएको प्रहरीले जनाएको हो ।
डुडुवा गाउँपालिका –४ कम्दी स्थित सिधानियघाट राप्ती नदीमा वनभोज खान गएका उनीहरूको मङ्गलबार साँझ डुबेर मृत्यु भएको थियो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीमगरका अनुसार पौडी खेल्ने क्रममा कोहलपुर नगरपालिका–२ की २९ वर्षीया शारदा चौधरी र नेपालगन्ज उपमहानगरपालिका–१२ कोरियनपुरकी २५ वर्षीया सरिता चौधरीको मृत्यु भएको हो ।
उनीहरू ६ जनाको समूहमा वनभोज खान गएका थिए । घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ ।
सगरमाथादेखि समुद्रसम्म, पशुपतिनाथदेखि बुद्धकाे बाटाेसम्म
यी हुन् बाँकेका पालिकामा काँग्रेस हाँक्ने नेतृत्व
लुम्बिनीमा देउवा समूहको महाधिवेशन गर्ने जिल्ला संयोजकहरू को-को?
सीता एयरका जहाज: किन यसका पाङ्ग्रा खुस्किरहन्छन्?
नयाँ हजारकाे नाेटमा जुम्ल्याहा हात्ती ‘राम’ र ‘लक्ष्मण’
नेपालगन्जबाट उडेको सीता एयरको जहाज दुर्घटनाबाट जोगियो