नेपालगन्ज र कोहलपुरका दुई युवतीको राप्तीमा डुबेर मृत्यु


नेपालगन्ज र कोहलपुरका दुई युवतीको राप्तीमा डुबेर मृत्यु

सांकेतिक तस्विर

नेपालगन्ज १० जेठ : नेपालगन्ज र कोहलपुरका दुई युवतीको राप्ती नदीमा डुबेर मृत्यु भएको पाइएकोछ । बाँकेको राप्ती नदीमा पौडी खेल्ने क्रममा डुबेर ती दुई युवतीको मृत्यु भएको प्रहरीले जनाएको हो ।

डुडुवा गाउँपालिका –४ कम्दी स्थित सिधानियघाट राप्ती नदीमा वनभोज खान गएका उनीहरूको मङ्गलबार साँझ डुबेर मृत्यु भएको थियो ।

Kids Festival 2022
kanti aarogya hospital
add

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीमगरका अनुसार पौडी खेल्ने क्रममा कोहलपुर नगरपालिका–२ की २९ वर्षीया शारदा चौधरी र नेपालगन्ज उपमहानगरपालिका–१२ कोरियनपुरकी २५ वर्षीया सरिता चौधरीको मृत्यु भएको हो ।

उनीहरू ६ जनाको समूहमा वनभोज खान गएका थिए । घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ ।