निशन्तान जोडिका समस्या समाधान गर्न केयर सिटि अस्पतालमा डाक्टर नुतन


निशन्तान जोडिका समस्या समाधान गर्न केयर सिटि अस्पतालमा डाक्टर नुतन

File Photo

नेपालगन्ज १८ जेठ : वरिष्ठ प्रसूति तथा स्त्रीरोग एवम् टेष्टट्युव बेवी विशेषज्ञ डाक्टर नुतन शर्मा नेपालगन्ज आउने भएकीछन् ।

थापाथलीस्थित नर्भिक अस्पतालमा सञ्चालनमा आएको नर्भिक आइभिएफ सेन्टर मार्फत डाक्टर शर्माले स्त्री रोग तथा बाँझोपनसम्बन्धी समस्या भएका बिरामीको उपचार सेवा प्रदान गरिरहेकीछन् ।

उनै वरिष्ठ स्त्रीरोग, टेस्ट ट्युब बेवि विशेषज्ञ एवम ल्याप्रोस्कोपिक सर्जन डाक्टर नुतन नेपालगन्जको केयर सिटि अस्पतालमा आउने भएकी हुन् ।

नेपालगन्ज र आसपास क्षेत्रका निशन्तान जोडिका समस्या समाधान गर्न यही जेठ १९ र २० गते नेपालगन्ज स्थित केयर सिटि अस्पतालमा निसन्तान सम्बन्धि समस्या, आइभिएफ तथा टेस्ट्युब बेवी, पाठेघर तथा स्तन क्यान्सर, थाइरोइड तथा महिलाहरुमा देखिने सम्पूर्ण समस्याको निदान र उपचारका लागि नेपालगन्ज आउन लागेकी हुन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

निसन्तान जोडिका समस्या समाधानसंगै स्त्रीरोग, पाठेघर तथा स्तन क्यान्सर, थाइरोइड तथा महिलाहरुमा देखिने समस्या निदान र उपचारका लागि सेवा लिई लाभ लिन नेपालगन्जको भुजईगाउँस्थित केयर सिटि अस्पताल नेपालगन्जले आग्रह गरेकोछ ।

नेपालमा प्रसूति तथा स्त्री रोग एवं बाँझोपन सम्बन्धी समस्याको उपचारमा चलेको नाम मध्यको एक हो, डाक्टर नुतन शर्मा । भारतको मुम्बईमा जन्मिएकी डाक्टर शर्माले भारतको कानपुर यूनिभर्सिटीबाट एमबीबीएस अध्ययन पुरा गरेकी हुन् ।

मुम्बईको महाराष्ट्र यूनिभर्सिटीबाट डिप्लोमा इन गाइनोक्लोजी एण्ड अब्सटेट्रिक्स पूरा गरेकी डाक्टर शर्माले बंगलादेशको ढाका युनिभर्सिटीबाट एमएस पुरा गरेकी छन् । उनले बंगलादेशको ढाकाबाट एमसीपीएस र डिप्लोमा इन अल्ट्रासाउण्ड पनि गरेकी छिन् ।

डाक्टर शर्माले सिंगापुरबाट एडभान्स आइभीएफ ट्रेनिङ र भारतबाट फेलोसिप इन आइभीएप समेत गरेकी छिन् । उनले भारतको नयाँ दिल्लीबाट एडभान्स लेप्रोस्कोपिक सर्जरीमा डिप्लोमा र फेलोसिप लिएकी छन् ।

२० वर्षदेखि प्रसूति तथा स्त्री रोग विशेषज्ञको रुपमा काठमाडौंका विभिन्न अस्पतालमा कार्यरत डाक्टर शर्मा पछिल्लो समय काठमाडौंको थापाथली स्थित नर्भिक इन्टरनेशनल अस्पतालमा कार्यरत छिन् । डाक्टर शर्माले अल्का हस्पिटलमा कार्यरत छँदा आफ्नै नेतृत्वमा अल्का आइभिएफ एण्ड फर्टिलिटी सेन्टर सञ्चालन गरि बाँझोपन सम्बन्धी समस्या भएका बिरामीलाई सेवा दिएकी थिइन् ।

गम्भीर समस्यालाई पनि लुकाएर बस्ने नेपाली समाजमा महिला स्वास्थ्यका लागि राज्यकातर्फबाट मात्र नभई निजी स्तरबाट पनि सचेतनाका कार्यक्रम विस्तार गर्नु पर्नेमा शर्मा जोड दिन्छिन् ।