बाँकेको राप्तीमा बाढी सम्बन्धी कृत्रिम घटना अभ्यास


बाँकेको राप्तीमा बाढी सम्बन्धी कृत्रिम घटना अभ्यास

नेपालगन्ज २१ जेठ : वर्षेनी बाढी र डुबानबाट ठुलो धनजनको क्षति हुने गरेकोले राप्ती नदीमा बाढी सम्बन्धी कृत्रिम घटना अभ्यास गरिएकोछ ।

जिल्ला विपद् व्यवस्थापन समिति, बाँकेको आयोजनामा डुडुवा गाउँपालिकाको कम्दी स्थित राप्ती नदीको सिधनीया घाटमा बाढी सम्बन्धी कृत्रिम घटना अभ्यास गरिएको हो ।

बाढी प्रभावित क्षेत्रमा हुन सक्ने जोखिमलाई न्यूनीकरण गर्नका लागि पूर्वसूचना प्रणाली, सुरक्षा संयन्त्र र सरोकारवाला निकायका बीचको समन्वयलाई चुस्तदुरुस्त राख्नका लागि यस्ता अभ्यास गर्ने गरिएको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्य, डुडुवा गाउँपालिकाका उपाध्यक्ष साहिदा बानो, बज्रदल गण, राँझाका गणपति श्याम आत्रेय पौडेलले यस्ता अभ्यासले साधन स्रोतको परीक्षण, जनशक्तिको परिचालन र सरोकारवाला निकायका बीचमा समन्वय गराउन महत्वपूर्ण भूमिका खेल्ने बताए ।

Kids Festival 2022
kanti aarogya hospital

उक्त कृत्रिम अभ्यासका क्रममा केही मान्छेलाई नदीमा पस्न लगाएर उनीहरुलाई सुरक्षा निकायले उद्धार गर्ने, रेडक्रसले प्राथमिक उपचार गरेर एम्बुलेन्समा अस्पताल पु¥याउने अभ्यास गरिएको थियो ।

कार्यक्रममा बाँकेका एसपी सन्तोषसिंह राठौर, सशस्त्र प्रहरीका एसपी रमेश शाही, अनुसन्धानका एसपी मोहन कुँवर, रेडक्रसका अध्यक्ष गोवद्र्धनसिंह सम्झनालगायतको उपस्थिति थियो ।

नेपाली सेनाको बज्रदल, सशस्त्र प्रहरी बल ३० नम्बर हेडक्वाटर, जिल्ला प्रहरी कार्यालय, नेपाल रेडक्रस सोसाइटीको साझेदारी र डुडुवा गाउँपालिकाको समन्वयमा राप्ती नदीमा बाढी सम्बन्धी कृत्रिम घटना अभ्यास गरिएको थियो ।