नेपालगन्ज २१ जेठ : वर्षेनी बाढी र डुबानबाट ठुलो धनजनको क्षति हुने गरेकोले राप्ती नदीमा बाढी सम्बन्धी कृत्रिम घटना अभ्यास गरिएकोछ ।
जिल्ला विपद् व्यवस्थापन समिति, बाँकेको आयोजनामा डुडुवा गाउँपालिकाको कम्दी स्थित राप्ती नदीको सिधनीया घाटमा बाढी सम्बन्धी कृत्रिम घटना अभ्यास गरिएको हो ।
बाढी प्रभावित क्षेत्रमा हुन सक्ने जोखिमलाई न्यूनीकरण गर्नका लागि पूर्वसूचना प्रणाली, सुरक्षा संयन्त्र र सरोकारवाला निकायका बीचको समन्वयलाई चुस्तदुरुस्त राख्नका लागि यस्ता अभ्यास गर्ने गरिएको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्य, डुडुवा गाउँपालिकाका उपाध्यक्ष साहिदा बानो, बज्रदल गण, राँझाका गणपति श्याम आत्रेय पौडेलले यस्ता अभ्यासले साधन स्रोतको परीक्षण, जनशक्तिको परिचालन र सरोकारवाला निकायका बीचमा समन्वय गराउन महत्वपूर्ण भूमिका खेल्ने बताए ।
उक्त कृत्रिम अभ्यासका क्रममा केही मान्छेलाई नदीमा पस्न लगाएर उनीहरुलाई सुरक्षा निकायले उद्धार गर्ने, रेडक्रसले प्राथमिक उपचार गरेर एम्बुलेन्समा अस्पताल पु¥याउने अभ्यास गरिएको थियो ।
कार्यक्रममा बाँकेका एसपी सन्तोषसिंह राठौर, सशस्त्र प्रहरीका एसपी रमेश शाही, अनुसन्धानका एसपी मोहन कुँवर, रेडक्रसका अध्यक्ष गोवद्र्धनसिंह सम्झनालगायतको उपस्थिति थियो ।
नेपाली सेनाको बज्रदल, सशस्त्र प्रहरी बल ३० नम्बर हेडक्वाटर, जिल्ला प्रहरी कार्यालय, नेपाल रेडक्रस सोसाइटीको साझेदारी र डुडुवा गाउँपालिकाको समन्वयमा राप्ती नदीमा बाढी सम्बन्धी कृत्रिम घटना अभ्यास गरिएको थियो ।
गठबन्धनभित्रै विवादका बीच लुम्बिनीका तीन मन्त्रीको सपथ
बालेन शासनका १५० दिन: खस्किदैं गएको त्यो चमक
जेनजी हुँ भन्दै महिला प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ
डाेल्पाका बस्ती नजिकै देखिनथाले हिउँ चितुवाहरू (भिडिओसहित)
कालै चस्मा लाएर सांसदहरूलाई जवाफ दिनेछन् बालेनले
नेपालगन्जका ‘स्पा’हरूमा बालिका, सातजनाको उद्धार, तीन सञ्चालक पक्राउ