आर्दशका शिक्षक रेग्मीको शंकास्पद मृत्यु, जलेको अवस्थामा भेटिए


आर्दशका शिक्षक रेग्मीको शंकास्पद मृत्यु, जलेको अवस्थामा भेटिए

नेपालगन्ज २३ जेठ : आर्दश मावि राँझामा कार्यरत शिक्षक रविन्द्र रेग्मीको शंकास्पद मृत्यु भएकोछ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१८ का शिक्षक एवम उद्योमी समेत रहेका रेग्मीको शंकास्पद रुपले मृत्यु भएको हो ।

सोमबार दिउँसो करिब २ः३० बजेतिर बैठकमा ‘जानुछ’ भन्दै घरबाट निस्किएका रेग्मीको मङ्गलबार बिहान राप्ती–सोनारी गाउँपालिकाको ढिकेरीस्थित महेन्द्र राजमार्गसंगैको जङ्गलमा जलेको अवस्थामा शव फेला परेको हो ।

प्रहरीका अनुसार भे ६ प ८२२४ नम्बरको मोटरसाइकलमा घरबाट निस्किएका रेग्मीको सोमबार राति १०ः३० बजेपछि मोबाइल स्विचअफ भएपछि खोजीका लागि परिवारले प्रहरीलाई खबर गरेका थिए ।

मङ्गलबार विहान सडक किनारमा मोटरसाइकल रहेको र नजिकै रेग्मीको शव जलेको अवस्थामा भेटिएको थियो । ४३ वर्षीय रेग्मी नेपालगन्जको आदर्श मावि राँझामा कार्यरत थिए ।

Kids Festival 2022
kanti aarogya hospital

घटनास्थल पुगेका जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले घटनाबारे अनुसन्धान सुरु गरिएको बताए । उक्त घटनाको अनुसन्धान गर्न कुकुर परिचालन गरिएकोछ ।

घर नजिक उद्योग समेत सञ्चालन गर्दै आएका रेग्मीको शव पोष्टमार्टमका लागि भेरी अस्पतालमा ल्याइएको छ ।