नेपालगन्ज २३ जेठ : आर्दश मावि राँझामा कार्यरत शिक्षक रविन्द्र रेग्मीको शंकास्पद मृत्यु भएकोछ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१८ का शिक्षक एवम उद्योमी समेत रहेका रेग्मीको शंकास्पद रुपले मृत्यु भएको हो ।
सोमबार दिउँसो करिब २ः३० बजेतिर बैठकमा ‘जानुछ’ भन्दै घरबाट निस्किएका रेग्मीको मङ्गलबार बिहान राप्ती–सोनारी गाउँपालिकाको ढिकेरीस्थित महेन्द्र राजमार्गसंगैको जङ्गलमा जलेको अवस्थामा शव फेला परेको हो ।
प्रहरीका अनुसार भे ६ प ८२२४ नम्बरको मोटरसाइकलमा घरबाट निस्किएका रेग्मीको सोमबार राति १०ः३० बजेपछि मोबाइल स्विचअफ भएपछि खोजीका लागि परिवारले प्रहरीलाई खबर गरेका थिए ।
मङ्गलबार विहान सडक किनारमा मोटरसाइकल रहेको र नजिकै रेग्मीको शव जलेको अवस्थामा भेटिएको थियो । ४३ वर्षीय रेग्मी नेपालगन्जको आदर्श मावि राँझामा कार्यरत थिए ।
घटनास्थल पुगेका जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले घटनाबारे अनुसन्धान सुरु गरिएको बताए । उक्त घटनाको अनुसन्धान गर्न कुकुर परिचालन गरिएकोछ ।
घर नजिक उद्योग समेत सञ्चालन गर्दै आएका रेग्मीको शव पोष्टमार्टमका लागि भेरी अस्पतालमा ल्याइएको छ ।
गठबन्धनभित्रै विवादका बीच लुम्बिनीका तीन मन्त्रीको सपथ
बालेन शासनका १५० दिन: खस्किदैं गएको त्यो चमक
जेनजी हुँ भन्दै महिला प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ
डाेल्पाका बस्ती नजिकै देखिनथाले हिउँ चितुवाहरू (भिडिओसहित)
कालै चस्मा लाएर सांसदहरूलाई जवाफ दिनेछन् बालेनले
नेपालगन्जका ‘स्पा’हरूमा बालिका, सातजनाको उद्धार, तीन सञ्चालक पक्राउ