File Photo
नेपालगन्ज २३ जेठ : बढ्दो गर्मीका कारण बन्द गरिएका बाँकेका विद्यालयको बिदा अवधि लम्ब्याइएको छ । बाँकेको नेपालगन्जसँगै कोहलपुर नगरपालिका, खजुरा, जानकी, बैजनाथ गाउँपालिकाले गर्मी बिदा बढाएका हुन् ।
अत्याधिक गर्मीका कारण विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भएकाले गर्मी बिदा दिइएको पालिकाहरुले जनाएका छन् । नेपालगन्जमा यतिबेला ४० डिग्रीमाथि तापक्रम रहेको छ । यो गर्मीमा कतिपय स्कूलमा टिनका छाना छन् ।
यस क्षेत्रमा पानी पर्न सकेको छैन । पानी नपर्दा तापक्रम बढिरहेको छ । अत्याधिक गर्मीले नेपालगन्ज बजार विहानै सुनसान देखिएको छ ।
स्वास्थयकर्मीले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्किन सुझाव दिएका छन् । कतिपय पालिकाले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्किन माइकिङ नै गरेका छन् । नेपालगन्जलगायत आसपासमा दिउँसोमा तातो हावा (लू) चल्ने गरेको छ ।
थप समाचार
ह्वात्तै गर्मी बढ्यो, ‘लू’ लाग्ला ! यसरी बचौँ
बाँकेमा गर्मी बढेसँगै धमाधम विद्यालय बन्द
गर्मीले काकाकुल बाँकेबासी, नेपालगन्ज र खजुराका बिद्यालय बन्द
गठबन्धनभित्रै विवादका बीच लुम्बिनीका तीन मन्त्रीको सपथ
बालेन शासनका १५० दिन: खस्किदैं गएको त्यो चमक
जेनजी हुँ भन्दै महिला प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ
डाेल्पाका बस्ती नजिकै देखिनथाले हिउँ चितुवाहरू (भिडिओसहित)
कालै चस्मा लाएर सांसदहरूलाई जवाफ दिनेछन् बालेनले
नेपालगन्जका ‘स्पा’हरूमा बालिका, सातजनाको उद्धार, तीन सञ्चालक पक्राउ