गर्मी बढेपछि विद्यालयको बिदा लम्ब्याइयो


गर्मी बढेपछि विद्यालयको बिदा लम्ब्याइयो

File Photo

नेपालगन्ज २३ जेठ : बढ्दो गर्मीका कारण बन्द गरिएका बाँकेका विद्यालयको बिदा अवधि लम्ब्याइएको छ । बाँकेको नेपालगन्जसँगै कोहलपुर नगरपालिका, खजुरा, जानकी, बैजनाथ गाउँपालिकाले गर्मी बिदा बढाएका हुन् ।

अत्याधिक गर्मीका कारण विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भएकाले गर्मी बिदा दिइएको पालिकाहरुले जनाएका छन् । नेपालगन्जमा यतिबेला ४० डिग्रीमाथि तापक्रम रहेको छ । यो गर्मीमा कतिपय स्कूलमा टिनका छाना छन् ।

यस क्षेत्रमा पानी पर्न सकेको छैन । पानी नपर्दा तापक्रम बढिरहेको छ । अत्याधिक गर्मीले नेपालगन्ज बजार विहानै सुनसान देखिएको छ ।

स्वास्थयकर्मीले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्किन सुझाव दिएका छन् । कतिपय पालिकाले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्किन माइकिङ नै गरेका छन् । नेपालगन्जलगायत आसपासमा दिउँसोमा तातो हावा (लू) चल्ने गरेको छ ।

Kids Festival 2022
kanti aarogya hospital

थप समाचार

ह्वात्तै गर्मी बढ्यो, ‘लू’ लाग्ला ! यसरी बचौँ

बाँकेमा गर्मी बढेसँगै धमाधम विद्यालय बन्द

गर्मीले काकाकुल बाँकेबासी, नेपालगन्ज र खजुराका बिद्यालय बन्द