नेपालगन्ज २ असार : नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १३ का कार्यबहाक वडाअध्यक्ष दिलावर कवडिया र कार्यालय सहयोगी गंगाराम बृजबासी घुस रकमसहित पक्राउ परेकाछन् । योसंगै वडा कार्यालयमै घुस लेनदेन हुने गरेको तथ्य बाहिर आएकोछ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्र्पक कार्यालय नेपालगन्जबाट खटिई गएको टोलीले कार्यवहाक वडाअध्यक्ष कवडिया र कार्यालय सहयोगी बृजवासीलाई घुस रकमसहित हिजो शुक्रबार पक्राउ गरेको हो ।
कृषि अनुदानको लागि सिफारिस गरिदिए वापत सेवाग्राहीसँग घुस÷रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियारले ‘स्टिङ अप्रेशन’ गर्दा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर– १३ उदयपुर स्थित वडा कार्यालयबाट कार्यवहाक वडाअध्यक्ष कवडिया र कार्यालय सहयोगी बृजबासीबाट नौ हजार घुस रकमसहित पक्राउ गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए ।
पक्राउ परेकालाई नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेकोछ अख्तियारका प्रवक्ता दाहालले जानकारी दिए । गत २०७९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर –१३ मा जसपाको प्यानल विजयी भएको थियो ।
रुकुमपश्चिम दुर्घटनास् दुईजनाको मृत्यु, नौजना घाइते
एसीसी प्रिमिअरमा च्याम्पिएन बनेर नेपाल पुग्यो एशिया कपमा
विश्वसँग ‘क्षतिपूर्ति’ ल्याउन नेपालको तयारी के छ?
प्रधानमन्त्रीका सल्लाहकारलाई तत्काल पक्राउ गर्न माग
आइजिपीमाथि फेरि खनिए खगेन्द्र सुनार
अलमलमा नपर्नुस्, महाधिवेशन १ घण्टा पनि सर्दैन : गगन थापा