जसपाबाट निर्वाचित जनप्रतिनिधी कमाउ धन्दामा, कार्यवबहाक वडाअध्यक्ष ९ हजार घुससहित अख्तियारको फन्दामा


जसपाबाट निर्वाचित जनप्रतिनिधी कमाउ धन्दामा, कार्यवबहाक वडाअध्यक्ष ९ हजार घुससहित अख्तियारको फन्दामा

नेपालगन्ज २ असार : नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १३ का कार्यबहाक वडाअध्यक्ष दिलावर कवडिया र कार्यालय सहयोगी गंगाराम बृजबासी घुस रकमसहित पक्राउ परेकाछन् । योसंगै वडा कार्यालयमै घुस लेनदेन हुने गरेको तथ्य बाहिर आएकोछ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्र्पक कार्यालय नेपालगन्जबाट खटिई गएको टोलीले कार्यवहाक वडाअध्यक्ष कवडिया र कार्यालय सहयोगी बृजवासीलाई घुस रकमसहित हिजो शुक्रबार पक्राउ गरेको हो ।

Kids Festival 2022
kanti aarogya hospital

कृषि अनुदानको लागि सिफारिस गरिदिए वापत सेवाग्राहीसँग घुस÷रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियारले ‘स्टिङ अप्रेशन’ गर्दा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर– १३ उदयपुर स्थित वडा कार्यालयबाट कार्यवहाक वडाअध्यक्ष कवडिया र कार्यालय सहयोगी बृजबासीबाट नौ हजार घुस रकमसहित पक्राउ गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए ।

पक्राउ परेकालाई नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेकोछ अख्तियारका प्रवक्ता दाहालले जानकारी दिए । गत २०७९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर –१३ मा जसपाको प्यानल विजयी भएको थियो ।