नेपालगन्ज २१ साउन : नेपालगन्ज त्रिभुवन चोकका पाँच जनाको एकैसाथ दुःखद् मृत्यु हुन पुगेको छ । भारतको स्रावस्ती भन्ने ठाउँमा भयानक कार दुर्घटनामा उनीहरुको मृत्यु भएको खबर छ ।
शनिबार भएको कार दुर्घटनामा नेपालगन्जका व्यापारि घरानाका दुई परिवारका गरी ५ जनाको मृत्यु भएको बताइएको छ ।
मृत्यु हुनेमा नेपालगन्ज त्रिभुवन चोक स्थित एसकुमार वाचका संचालक सन्तोष कुमार गुप्ताको परिवार र नेपालगन्ज सदरलाईन स्थित हरि ओम मेडिकलका घरबेटी वैभवको परिवार गरी दुई परिवारका ५ जनाको मृत्यु भएको बताइएको छ ।
भारतीय टेलिभिजन न्युज १८ ले भने कार दुर्घटनामा दुई पुरुष, दुई महिला र दुई बालबालिकाको मृत्यु भएको जनाएको छ । दुर्घटनाको एकिन विवरण भने आइसकेको छैन । तर नेपालगन्जका स्थानियहरुले सामाजिक संजालमा दुई परिवारका गरी ५ जनाको मृत्यु भएको लेखेका छन् ।
मृत्युको खबरले त्रिभुवन चोक शोकमा डुबेको छ । त्रिभुवन चोकका बासिन्दाहरु मृत्युको खबर पाएदेखि रातभर सुतेका छैनन् । फेसबुक मार्फत सबैले श्रद्धाञ्जली दिइरहेका छन् । एमाले बाँकेका अध्यक्ष किस्मत कुमार कक्षपतिले दुःख व्यक्त गर्दै राती नै फेसबुक मार्फत श्रद्धाञ्जली दिएका छन् ।
जेनजी हुँ भन्दै महिला प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ
डाेल्पाका बस्ती नजिकै देखिनथाले हिउँ चितुवाहरू (भिडिओसहित)
कालै चस्मा लाएर सांसदहरूलाई जवाफ दिनेछन् बालेनले
नेपालगन्जका ‘स्पा’हरूमा बालिका, सातजनाको उद्धार, तीन सञ्चालक पक्राउ
प्रधानमन्त्रीको निजी भ्रमणमाथि हर्क राईको प्रश्न : ‘के खान जानुभएको ?’
‘टीकापुर काण्ड’को सत्य लुकाइरहेको राज्य