नेपालगन्जका ५ जनाको एकैसाथ मृत्यु


सेतोखरी सेतोखरी   आइतबार, साउन २१, २०८०
नेपालगन्जका ५ जनाको एकैसाथ मृत्यु

नेपालगन्ज २१ साउन : नेपालगन्ज त्रिभुवन चोकका पाँच जनाको एकैसाथ दुःखद् मृत्यु हुन पुगेको छ । भारतको स्रावस्ती भन्ने ठाउँमा भयानक कार दुर्घटनामा उनीहरुको मृत्यु भएको खबर छ ।

शनिबार भएको कार दुर्घटनामा नेपालगन्जका व्यापारि घरानाका दुई परिवारका गरी ५ जनाको मृत्यु भएको बताइएको छ ।

मृत्यु हुनेमा नेपालगन्ज त्रिभुवन चोक स्थित एसकुमार वाचका संचालक सन्तोष कुमार गुप्ताको परिवार र नेपालगन्ज सदरलाईन स्थित हरि ओम मेडिकलका घरबेटी वैभवको परिवार गरी  दुई परिवारका ५ जनाको मृत्यु भएको बताइएको छ ।

भारतीय टेलिभिजन न्युज १८ ले भने कार दुर्घटनामा दुई पुरुष, दुई महिला र दुई बालबालिकाको मृत्यु भएको जनाएको छ । दुर्घटनाको एकिन विवरण भने आइसकेको छैन । तर नेपालगन्जका स्थानियहरुले सामाजिक संजालमा दुई परिवारका गरी ५ जनाको मृत्यु भएको लेखेका छन् । 

Kids Festival 2022
kanti aarogya hospital

मृत्युको खबरले त्रिभुवन चोक शोकमा डुबेको छ । त्रिभुवन चोकका बासिन्दाहरु मृत्युको खबर पाएदेखि रातभर सुतेका छैनन् । फेसबुक मार्फत सबैले श्रद्धाञ्जली दिइरहेका छन् । एमाले बाँकेका अध्यक्ष किस्मत कुमार कक्षपतिले दुःख व्यक्त गर्दै राती नै फेसबुक मार्फत श्रद्धाञ्जली दिएका छन् ।