६ जनाको ज्यान जाने गरी कसरी भएको थियो गाडी दुर्घटना ?

गाडी चुर्लुम्ममा पानीमा डुब्यो 


सेतोखरी सेतोखरी   आइतबार, साउन २१, २०८०
६ जनाको ज्यान जाने गरी कसरी भएको थियो गाडी दुर्घटना ?

नेपालगन्ज २१ साउन : गाडी दुर्घटनामा नेपालगन्ज त्रिभुवन चोकका एकै परिवारका ४ सहित ६ जनाको एकैसाथ ज्यान गएको छ । भारतको उत्तरप्रदेशमा पर्ने इकौना श्रावस्ति स्थित वुद्धपथमा ७ जना सवार गाडी शनिबार बेलुका दुर्घटना हुन पुगेको त्यहाँको प्रहरीले जनाएको छ । ज्यान जानेमा एउटा परिवारको ४ र एउटा परिवारको २ गरी ६ जना रहेका छन् ।

गाडी दुर्घटनामा नेपालगन्ज त्रिभुवन चोक स्थित एसकुमार वाचका संचालक सन्तोष कुमार गुप्ताको परिवार र नेपालगन्ज सदरलाईन स्थित हरि ओम मेडिकलका घरबेटी वैभवको परिवार गरी  दुई परिवारका ६ जनाको ज्यान गएको छ । 

वडा अध्यक्ष नन्दकिशोर कहारका अनुसार, दुर्घटनामा परि ज्यान जानेमा एसकुमार वाच कम्पनीका संचालक सन्तोष गुप्ताका छोरा र छोरी निलान्स गुप्ता र नीति गुप्ताको रहेका छन् । यसैगरी जान जानेमा बैभव गुप्ता उनकी पत्नी दीपिका, छोरी वैभवी र श्रेया रहेका छन् । 

नातेदारको घरमा गएको गुप्ता परिवार भारतको बलरामपुरबाट फर्कदै थियो । जानेक्रममा निलांश गुप्ताले नानपाराबाट महिन्द्र कम्पनीको बोलेरो गाडी बुक गरेर बलरामपुर गएका थिए ।

Kids Festival 2022
kanti aarogya hospital

इकौना भारतीय प्रहरीका अनुसार, गाईले बाटो काटन लाग्दा बचाउने क्रममा उक्त बोलेरो गाडी रुखमा ठक्कर खान पुग्यो । गाडी तिब्र गतीमा रहेकाले अनियन्त्री भइ रुखमा बजारिन पुग्यो । अनि रुखमा ठक्कर खाएर फेरी गाडी पल्टियो र नजिकै रहेको पानी भरिएको खाल्डोमा खस्यो ।

कार पानीमा पुरै डुबेपछि ५ जनाको घटना स्थलमै मृत्यु हुन पुगेको प्रहरी तथा भारतीय टेलिभिजनहरुले बताएका छन् । पानीमा डुबेकाले उनिहरुको ज्यान गएको भारतीय प्रहरीले जनाएको छ ।

गाडी पल्टिएर पानीमा डुबेकाले छेउमै रहेको प्रहरी तुरुन्त आइ गाडी काटेर भित्र बसेकाहरुलाई निकालेको थियो । भारतीय प्रहरीका अनुसार, गाडीबाट निकाल्दा चालक सहित ७ जना मध्य ५ जनाको घटना स्थमै ज्यान गइसकेको थियो । घाइते दुइ जनालाई बहराइच स्थित अस्पताल पुर्याउदा थप एक जनाको मृत्यु हुन पुग्यो भने चालकको अस्पतालमै उपचार भइरहेको छ । 

मृत्युको खबरले त्रिभुवन चोक शोकमा डुबेको छ । त्रिभुवन चोकका बासिन्दाहरु मृत्युको खबर पाएदेखि रातभर सुतेका छैनन् । यतिखेर त्रिभुवन चोकमा ठुलो भित्र जम्मा भएको छ । नेपालगन्ज उद्योग वाणिज्य संघको चुनाव लागेकाले सबै त्यतैतिर छन् । सबैका आँखा रसाएका छन् ।