गाडी चुर्लुम्ममा पानीमा डुब्यो
नेपालगन्ज २१ साउन : गाडी दुर्घटनामा नेपालगन्ज त्रिभुवन चोकका एकै परिवारका ४ सहित ६ जनाको एकैसाथ ज्यान गएको छ । भारतको उत्तरप्रदेशमा पर्ने इकौना श्रावस्ति स्थित वुद्धपथमा ७ जना सवार गाडी शनिबार बेलुका दुर्घटना हुन पुगेको त्यहाँको प्रहरीले जनाएको छ । ज्यान जानेमा एउटा परिवारको ४ र एउटा परिवारको २ गरी ६ जना रहेका छन् ।
गाडी दुर्घटनामा नेपालगन्ज त्रिभुवन चोक स्थित एसकुमार वाचका संचालक सन्तोष कुमार गुप्ताको परिवार र नेपालगन्ज सदरलाईन स्थित हरि ओम मेडिकलका घरबेटी वैभवको परिवार गरी दुई परिवारका ६ जनाको ज्यान गएको छ ।
वडा अध्यक्ष नन्दकिशोर कहारका अनुसार, दुर्घटनामा परि ज्यान जानेमा एसकुमार वाच कम्पनीका संचालक सन्तोष गुप्ताका छोरा र छोरी निलान्स गुप्ता र नीति गुप्ताको रहेका छन् । यसैगरी जान जानेमा बैभव गुप्ता उनकी पत्नी दीपिका, छोरी वैभवी र श्रेया रहेका छन् ।
नातेदारको घरमा गएको गुप्ता परिवार भारतको बलरामपुरबाट फर्कदै थियो । जानेक्रममा निलांश गुप्ताले नानपाराबाट महिन्द्र कम्पनीको बोलेरो गाडी बुक गरेर बलरामपुर गएका थिए ।
इकौना भारतीय प्रहरीका अनुसार, गाईले बाटो काटन लाग्दा बचाउने क्रममा उक्त बोलेरो गाडी रुखमा ठक्कर खान पुग्यो । गाडी तिब्र गतीमा रहेकाले अनियन्त्री भइ रुखमा बजारिन पुग्यो । अनि रुखमा ठक्कर खाएर फेरी गाडी पल्टियो र नजिकै रहेको पानी भरिएको खाल्डोमा खस्यो ।
कार पानीमा पुरै डुबेपछि ५ जनाको घटना स्थलमै मृत्यु हुन पुगेको प्रहरी तथा भारतीय टेलिभिजनहरुले बताएका छन् । पानीमा डुबेकाले उनिहरुको ज्यान गएको भारतीय प्रहरीले जनाएको छ ।
गाडी पल्टिएर पानीमा डुबेकाले छेउमै रहेको प्रहरी तुरुन्त आइ गाडी काटेर भित्र बसेकाहरुलाई निकालेको थियो । भारतीय प्रहरीका अनुसार, गाडीबाट निकाल्दा चालक सहित ७ जना मध्य ५ जनाको घटना स्थमै ज्यान गइसकेको थियो । घाइते दुइ जनालाई बहराइच स्थित अस्पताल पुर्याउदा थप एक जनाको मृत्यु हुन पुग्यो भने चालकको अस्पतालमै उपचार भइरहेको छ ।
मृत्युको खबरले त्रिभुवन चोक शोकमा डुबेको छ । त्रिभुवन चोकका बासिन्दाहरु मृत्युको खबर पाएदेखि रातभर सुतेका छैनन् । यतिखेर त्रिभुवन चोकमा ठुलो भित्र जम्मा भएको छ । नेपालगन्ज उद्योग वाणिज्य संघको चुनाव लागेकाले सबै त्यतैतिर छन् । सबैका आँखा रसाएका छन् ।
जेनजी हुँ भन्दै महिला प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ
डाेल्पाका बस्ती नजिकै देखिनथाले हिउँ चितुवाहरू (भिडिओसहित)
कालै चस्मा लाएर सांसदहरूलाई जवाफ दिनेछन् बालेनले
नेपालगन्जका ‘स्पा’हरूमा बालिका, सातजनाको उद्धार, तीन सञ्चालक पक्राउ
प्रधानमन्त्रीको निजी भ्रमणमाथि हर्क राईको प्रश्न : ‘के खान जानुभएको ?’
‘टीकापुर काण्ड’को सत्य लुकाइरहेको राज्य