चन्द्रौटास्थित सिद्धार्थ ग्रुपको रिसोर्टलाई ‘चार तारे होटल’को मान्यता 


सेतोखरी सेतोखरी   बुधबार, चैत १४, २०८०
चन्द्रौटास्थित सिद्धार्थ ग्रुपको रिसोर्टलाई ‘चार तारे होटल’को मान्यता 

नेपालगन्ज १४ चैत्र : कपिलवस्तुको चन्द्रौटामा रहेको ‘सिद्धार्थ लुम्बिनी ग्रिन रिसोर्ट’ले ४ तारे होटल स्तरको मान्यता पाएको छ । सिद्धार्थ हस्पिटालिटीको व्यवस्थापनमा रहेको सिद्धार्थ लुम्बिनी ग्रिन रिर्सोटको पर्यटन विभागले स्थलगत अनुगमन तथा निरीक्षण गरी स्तरउन्नति गरेको हो । 

‘लुम्बिनी प्रदेशमा सञ्चालित उक्त रिसोर्टलाई पर्यटन ऐन अनुसार चार तारा स्तरको होटलमा स्तर वर्गीकरण गरी यो इजाजतपत्र दिइएको छ’ पर्यटन विभागले भनेको छ । २५ विघा क्षेत्रफलमा विस्तारित रिसोर्टमा २० डिलक्स, ६२ वटा सुपर डिलक्स, २ वटा स्विट रुम गरी ८४ वटा रुम रहेका छन् रहेका छन् । 

साथै साना ठूला गरी पाँच वटा कन्फ्रेरेन्स हल रहेको यो रिसोर्टमा रहेको पोखरीमा मोटरबोट सयर गर्न पाइन्छ । सोही पोखरीमा होटलको ‘फिस फार्म’ समेत रहेको छ ।  त्यस क्षेत्रमा उच्च सङ्ख्यामा भारतीय पर्यटक भित्र्याउन सफल रिसोर्टले ४ तारे स्तरको मान्यता पाएसँगै सो ब्यापारमा अझ राम्रो गर्ने आशा गरिएको सिद्धार्थ हस्पिटालिटी ग्रुपका प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले बताए ।  

रिसोर्टमा ज्याकुजी, स्पा लगायत सुबिधा उपलब्ध छन् । हालसम्म ७५ जनाले रोजगारी पाएकोमा अब केही समयमै क्यासिनो सञ्चालन पस्चात झण्डै ३८० जनालाई रोजगारी मिल्ने सिईओ न्यौपानेले बताए । 

Care City
kanti aarogya hospital
Health Care Clinic Nepalgunj

रिसोर्टले यसअघि ४४औं विश्व पर्यटन दिवसको अवसरमा ग्रामीण क्षेत्रमा स्थानीय उत्पादन, स्थानीय रोजगारी एवम् एग्रो टुरिजम मार्फत पर्यटन प्रवर्द्धनमा योगदान पुरÞ्याए बापत राष्ट्रिय सम्मान पाइसकेको छ । यस्तै  यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा यस रिसोर्टले ठूलो भुमिका निर्वाह गर्ने रिसोर्टका अध्यक्ष लक्ष्मण भण्डारीले बताए ।