नेपालगन्ज १४ चैत्र : विद्युत महसुल नतिरेको भन्दै खजुरा गाउँपालिकामा जडान गरिएका हाइमाष्ट लाइटको लाइन काटिएको छ ।
नेपालगन्ज विद्युत प्राधिकरण वितरण केन्द्र खजुरा नोलाइट शाखा खजुरा क्षेत्रका ६ वटा हाईमास्ट लाईटको लाईन एकैपटक काटिदिएको हो । योसगैं खजुरा बजार क्षेत्र अध्याँरो भएकोछ । सर्वसाधरणलाई सहज होस् भन्ने हेतुले खजुरा बजार क्षेत्रमा जडान गरिएको हाईमास्ट लाईट एकैपटक काटिदिदाँ खजुरा बजार अध्याँरो बन्न पुगेकोछ ।
गतवर्ष विभिन्न वडाका मुख्य चोकमा स्थापना गरिएका हाइमाष्ट लाइटको विद्युत महसुल नबुझाएपछि लाइन काटिएको खजुरा नोलाइट शाखाका प्रमुख हीरामणी घर्तीमगरले बताए ।
प्रमुख घर्तीले भने, ‘लामो समयसम्म विद्युत महसुल भुक्तानी भएपछि बाध्य भई लाइन काटेका छौँ, यसरी लाइन काट्नु हाम्रो रहर नभई बाध्यता हो ।’ विद्युत लाइन भुक्तानीका लागि वडा, पालिका र व्यवस्थापन समिति कसले तिर्ने भन्ने अन्योल देखिएकाले सुरुवातमै लाइन काट्नुपरेको प्राधिकरणले जनाएको छ ।
खजुरामा गतवर्ष जडान भएका ६ वटा हाइमाष्ट लाइटको जरिवानासहित तीन लाख २१ हजार २९ रुपियाँ विद्युत महसुल बाँकी छ । नेपाल विद्युत प्राधिकरणले लामो समयसम्म विद्युत महसुल नतिर्ने ग्राहकको लाइन काट्ने अभियान चलाएको छ । खजुरामै लामो समयसम्म विद्युत महसुल नबुझाउने एउटा सामुदायिक वन समूहको समेत लाइन काटिएको छ ।
चालु आव २०८०–८१ मा खजुरा क्षेत्रमा एक करोड चार लाख ७४ हजार १९१ रुपैयाँ विद्युत महसुल बुझाउन बाँकी भएपछि ६४६ जना ग्राहकको लाइन काटिएको छ । तीमध्ये ५५८ जना सम्पर्कमा आएर लाइन जोडेको कार्यालय प्रमुख घर्तीमगरले बताए ।
उनीहरूबाट एक करोड १८ लाख २४ हजार ८६० रुपैयाँ असुल गरिएको छ । लाइन काटिएका ग्राहक ६ महिनासम्म सम्पर्कमा नआए कालोसूचीमा राखेर मिटरबक्स तान्ने गरिएको छ ।
नेपालगन्जबाट उडेको सीता एयरको जहाज दुर्घटनाबाट जोगियो
सबैभन्दा धेरै वर्षा लुम्बिनी प्रदेशमा, कहाँ कहाँ छ जोखिम?
‘ड्रग्स’को भूमरीमा नेपालगन्ज: ठूला ‘डिलर’ भारततिरै, नेपालतिर धौ-धौ
कालिकोटमा सरकारी जग्गा व्यक्तिकाे नाममा, अख्तियारले दायर गर्याे आठ जनालाई भ्रष्टाचार मुद्दा
रक्सी खाने पैसा नदिएपछि सुर्खेतमा श्रीमतीको हत्या: सांसद बिकले संसदमा भनिन्- ‘लोकल रक्सी’ बन्द गरौं
बाँकेमा दुई कांग्रेस आमने-सामने