ताम्रपत्रको छानाले सजिदैँ बागेश्वरी मन्दिर


सेतोखरी सेतोखरी   बुधबार, चैत १४, २०८०
ताम्रपत्रको छानाले सजिदैँ बागेश्वरी मन्दिर

नेपालगन्ज १४ चैत्र : पश्चिम नेपालको प्रसिद्ध शक्तिपीठ नेपालगञ्जस्थित बागेश्वरी मन्दिरको छानामा ताम्रपत्र लगाइएको छ । छानामा धेरै पहिले राखिएको टायल जीर्ण भई खस्न थालेपछि ताम्रपत्रले छाउने काम भएको हो ।

‘बागेश्वरी मन्दिरको छानामा वास्तुशास्त्र मिल्ने र टिकाउ पनि हुने भएकाले छानामा ताम्रपत्र लगाएका छौँ’, नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले भने–‘ताम्रपत्रको छानो लगाउँदा लागत सोँचेभन्दा धेरै भएपनि सौन्दर्य र टिकाउ हुनेछ ।’ 

बागेश्वरी मन्दिर व्यवस्थापन समितिका सदस्य एवम् मन्दिर सौन्दर्यीकरण उपभोक्ता समितिका सचिव नारद पुरीका अनुसार करिब रु ७५ लाख लागतमा बागेश्वरी मन्दिरको छानामा ताम्रपत्र लगाउने काम भएको छ । उनका अनुसार मन्दिरको छानो ताम्रपत्रले छाउने काम अन्तिम चरणमा पुगेको छ । 

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–२ मा अवस्थित बागेश्वरी मन्दिर हिन्दु धर्मावलम्बीको पवित्र तथा महत्वपूर्ण धार्मिकस्थलका रूपमा छ । नेपाल र भारतका विभिन्न स्थानबाट यहाँ भक्तजन दैनिक आउने गर्छन् ।

Kids Festival 2022
kanti aarogya hospital


बागेश्वरीको दर्शनबाट प्रमुख शक्तिपीठका रूपमा रहेको बागेश्वरीमा विजयादशमीको समयमा दर्शनार्थीको भीड हुने गरेको मन्दिरका मूल महन्त चन्द्रनाथ योगीको बताउँछन् । उनका अनुसार यहाँ सतीदेवीको जिब्रो पतन भएकाले साक्षात् देवीको बास रहेको छ । जनश्रुतिअनुसार बागेश्वरीमा सतीदेवीको जिब्रो पतन भएकाले सुरुमा बाकेश्वरी, त्यसपछि बाघेश्वरी हुँदै बागेश्वरी भएको विश्वास गरिन्छ ।

पछिल्लो पटक बागेश्वरी मन्दिरमा प्रत्येक सोमबार गरिने महाआरतीमा नेपालगञ्जबासीलगायत टाढाटाढाबाट श्रद्धालु भक्तजन सहभागी हुने गरेका छन् ।

महाआरतीमा राजपरिवार सहभागि, बागेश्वरीमा श्रद्धालुले ठूलो भिड

बागेश्वरीमा ‘महाआरती’ : नगरबासीको धार्मिक आस्थाप्रति रुचि बढ्दै