नेपालगन्ज १४ चैत्र : पश्चिम नेपालको प्रसिद्ध शक्तिपीठ नेपालगञ्जस्थित बागेश्वरी मन्दिरको छानामा ताम्रपत्र लगाइएको छ । छानामा धेरै पहिले राखिएको टायल जीर्ण भई खस्न थालेपछि ताम्रपत्रले छाउने काम भएको हो ।
‘बागेश्वरी मन्दिरको छानामा वास्तुशास्त्र मिल्ने र टिकाउ पनि हुने भएकाले छानामा ताम्रपत्र लगाएका छौँ’, नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले भने–‘ताम्रपत्रको छानो लगाउँदा लागत सोँचेभन्दा धेरै भएपनि सौन्दर्य र टिकाउ हुनेछ ।’
बागेश्वरी मन्दिर व्यवस्थापन समितिका सदस्य एवम् मन्दिर सौन्दर्यीकरण उपभोक्ता समितिका सचिव नारद पुरीका अनुसार करिब रु ७५ लाख लागतमा बागेश्वरी मन्दिरको छानामा ताम्रपत्र लगाउने काम भएको छ । उनका अनुसार मन्दिरको छानो ताम्रपत्रले छाउने काम अन्तिम चरणमा पुगेको छ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–२ मा अवस्थित बागेश्वरी मन्दिर हिन्दु धर्मावलम्बीको पवित्र तथा महत्वपूर्ण धार्मिकस्थलका रूपमा छ । नेपाल र भारतका विभिन्न स्थानबाट यहाँ भक्तजन दैनिक आउने गर्छन् ।
बागेश्वरीको दर्शनबाट प्रमुख शक्तिपीठका रूपमा रहेको बागेश्वरीमा विजयादशमीको समयमा दर्शनार्थीको भीड हुने गरेको मन्दिरका मूल महन्त चन्द्रनाथ योगीको बताउँछन् । उनका अनुसार यहाँ सतीदेवीको जिब्रो पतन भएकाले साक्षात् देवीको बास रहेको छ । जनश्रुतिअनुसार बागेश्वरीमा सतीदेवीको जिब्रो पतन भएकाले सुरुमा बाकेश्वरी, त्यसपछि बाघेश्वरी हुँदै बागेश्वरी भएको विश्वास गरिन्छ ।
पछिल्लो पटक बागेश्वरी मन्दिरमा प्रत्येक सोमबार गरिने महाआरतीमा नेपालगञ्जबासीलगायत टाढाटाढाबाट श्रद्धालु भक्तजन सहभागी हुने गरेका छन् ।
महाआरतीमा राजपरिवार सहभागि, बागेश्वरीमा श्रद्धालुले ठूलो भिड
बागेश्वरीमा ‘महाआरती’ : नगरबासीको धार्मिक आस्थाप्रति रुचि बढ्दै
डाेल्पाका बस्ती नजिकै देखिनथाले हिउँ चितुवाहरू (भिडिओसहित)
कालै चस्मा लाएर सांसदहरूलाई जवाफ दिनेछन् बालेनले
नेपालगन्जका ‘स्पा’हरूमा बालिका, सातजनाको उद्धार, तीन सञ्चालक पक्राउ
प्रधानमन्त्रीको निजी भ्रमणमाथि हर्क राईको प्रश्न : ‘के खान जानुभएको ?’
‘टीकापुर काण्ड’को सत्य लुकाइरहेको राज्य
गरिमाकाे चित्कार र राज्य हराएकाे त्याे पल