युवा संघले भन्यो ‘बाँके एसपी मुर्दाबाद’


सेतोखरी सेतोखरी   सोमबार, चैत १९, २०८०
युवा संघले भन्यो ‘बाँके एसपी मुर्दाबाद’

नेपालगन्ज १९ चैत्र : ‘बाँके एसपी मुर्दाबाद’ भन्दै राष्ट्रिय युवा संघले नेपालगन्जको विपी चोकमा प्रर्दशन गरेकोछ ।

यही चैत्र १७ गते डुडुवा गाउँपालिका वडा नम्बर–४ मिलन चोकमा राष्ट्रिय युवा संघ नेपालमाथि आक्रमण भएको थियो । उक्त आक्रमणमा परि रितेश कश्यपसहित चार जना युवा घाईते भएका थिए । घाईतेमध्ये रितेशलाई बढी चोट लागेको थियो ।

सोही घटनालाई लिएर नेकपा एमाले पार्टी कार्यालयबाट सुरु भएको उक्त प्रर्दशन विपी चोकमा पुगेको थियो । विपी चोकमा पुगेको उनीहरुले आधा घण्टा चक्काजाम गर्दै बाँके प्रहरी विरुद्ध नाराबाजी लगाएका हुन् ।

सोक्रममा युवाहरुले ‘पीडितलाई न्याय दे, दोषीलाई कारबाही गर, जिल्ला प्रहरी कार्यालय एसपी सुबास चन्द्र बोहरा मुर्दाबाद’ लेखिएको ब्यानरसहीत नारा लगाएका थिए ।

Care City
kanti aarogya hospital
Health Care Clinic Nepalgunj

नेकपा एमाले पार्टी सचिवालय सदस्य किसोर थापाले दोषीलाई कारबाही गर्न माग राखे । उनले भने–‘दोषीलाई कारबाही नगरे भोलीदेखि सशक्त आन्दोलन गर्नेछौं ।’

डुडुवा गाउँपालिकाको अधिवेशन तथा पार्टी प्रवेश कार्यक्रममा सहभागि भई फर्कने क्रममा सोही गाउँपालिका वडा नम्बर–४ स्थित मिलन चोकमा खाजा खान रोकिएका राष्ट्रिय युवा संघ नेपालका युवाहरुमथि आक्रमण भएको थियो । उक्त आक्रमणमा रितेश कश्यप घाइते भएका छन् ।

सो विषयमा नेकपा एमाले, बाँकेले हिजो आईतवार एक प्रेस विज्ञप्ति जारी गर्दै घटनाको भत्र्सना गर्नुका साथै दोषीलाई कारबाहीको माग गरेको थियो ।