File Photo
नेपालगन्ज ३० चैत्र : रुकुमपश्चिमको विभिन्न ठाउँमा एक सय ७२ रोपनीमा लगाएको लागुऔषध अफिम खेती फँडानी गरिएको छ । जिल्ला प्रहरी कार्यालयले यहीँ महिना एक सय ७२ रोपनीमा लगाएको अफिम खेती नष्ट गरेको हो ।
जिल्लाको आठबीसकोट, मुसीकोट नगरपालिका तथा सानीभेरी गाउँपालिकाका विभिन्न ठाउँका एक सय ७२ रोपनी जग्गामा लगाएको अफिम खेती फँडानी गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले जानकारी दिए ।
सूचना अधिकारी खड्काका अनुसार आठबीसकोट नगरपालिका–१ स्याला र २ कालजुरा भन्ने ठाउँमा ६० रोपनी, १२ नम्बर वडाको कुरल र लामपुजामा ४५ रोपनीमा लगाएको अफिम खेती नष्ट गरिएको हो ।
त्यस्तै, सानीभेरी गाउँपालिका–३ को तिमिले, कमैदे र काफिगैरामा २९ रोपनी, मुसीकोट नगरपालिका–८ घोरखानीमा एक रोपनी र आठबीसकोट नगरपालिका–३ दाङ भन्ने स्थानसहित वडा नम्बर ७ को स्यालाकोट र डाँफेमा ३७ रोपनी गरेर जम्मा एक सय ७२ रोपनी जग्गामा लगाएको अफिमखेती नष्ट गरिएको प्रहरी निरीक्षक खड्काले बताए । -रासस
लुम्बिनी र कर्णालीसहित देशका सबैजसो मुख्य राजमार्ग-सडकहरू बन्द
‘नेपालको पुन: निर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेल बेलायतले नेतृत्व गर्नसक्छ’
पश्चिमतिर बर्षाको ‘अत्यधिक जोखिम’, २५ जिल्लामा यातायात बन्द
सगरमाथादेखि समुद्रसम्म, पशुपतिनाथदेखि बुद्धकाे बाटाेसम्म
यी हुन् बाँकेका पालिकामा काँग्रेस हाँक्ने नेतृत्व
लुम्बिनीमा देउवा समूहको महाधिवेशन गर्ने जिल्ला संयोजकहरू को-को?