नेपालगन्ज ३१ वैशाख: जनता समाजबादी पार्टी नेपालका अध्यक्ष समेत रहेका उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन् । यस्तै वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले पनि राजीनामा दिएका छन् ।
यो पनि पढ्नुहोस् लुम्बिनी प्रदेशसभाका दुई सांसद अशोकतर्फ खुल्दा काफ्ले संस्थापन पक्षमै
उनीहरु प्रधानमन्त्री प्रचण्डलाई राजीनामा बुझाएर फर्केको उपप्रधानमन्त्री यादवका स्वकीय सचिव महेश चौरसियाले जानकारी दिए ।
यो पनि पढ्नुहोस् जसपाभित्र फुटले बाँकेका कार्यकर्ता अलमलमा
मधेस प्रदेशमा नेकपा एमाले र माओवादी केन्द्रले जसपा नेपाल नेतृत्वको सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिएसँगै केन्द्रमा यादवले राजीनामा दिएका हुन् ।
जसपा नेपालमा विभाजन आएपछि यादव सरकारबाट बाहिरिने चर्चा चलिरहेको थियो भने आईतबार बसेको कार्यकारिणी समितिको बैठकबाट सरकारबाट बाहिरिने औपचारिक निर्णय भएको थियो ।
यो पनि पढ्नुहोस् राजीनामा दिएको १५ दिनपछि बाँकेका भण्डारीलालले लिए मन्त्रीको पदभार