बाँके सिडियोलाई गृहले फाल्यो प्रदेश कार्यालयमा


सेतोखरी सेतोखरी   मंगलबार, जेठ १, २०८१
बाँके सिडियोलाई गृहले फाल्यो प्रदेश कार्यालयमा

नेपालगन्ज १ जेष्ठ : कसैलाई जानकारी नदिई अचानक बाँकेबाट गायब भएका बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेललाई सरकारले बागमती प्रदेश सरकारको सचिवको रुपमा सरुवा गरेकोछ । 

बाँके जिल्लामा सिडियो रहँदा हरेक कुरामा विवादित हुँदै आएका बाँकेका प्रमुख जिल्ला अधिकारी पोखरेललाई गृह मन्त्रालयले कारबाही गरी प्रदेश कार्यालयमा सरुवा गरेको हो । सिडियो पोखरेललाई बागमती प्रदेशको मुख्य मन्त्री तथा मन्त्री परिषद्को कार्यालय हेटौँडा, मकवानपुरमा सरुवा गरिएको छ । 

यो पनि पढ्नुहोस् प्रधानमन्त्रीले भने ‘बाँके सिडियोलाई गृहमन्त्रालयमै नराख्नु’

गृहले बाँके सिडियो पोखरेलाई गृहमन्त्रालयमा तानेको थियो । सिडियो पोखरेल कसैलाई थाहा नै नदिइ सुटुक्क एक साता अघि काठमाण्डौं गएका थिए । उनले निमित्त कार्यभार पनि कसैलाई नदिएर जिल्ला प्रशासन कार्यालय बाँके मातहतका कुनै पनि कर्मचारीलाई केही नबताई सुटुक्कै काठमाण्डौं पुगेका हुन् । 

Kanti Aarogya Hospital Nepalgunj

बाँके जिल्लामा सिडियो रहँदा हरेक कुरामा विवादित हुँदै आएका सांसद, नेताहरुलाई दुव्र्यवहार गरेको, तस्करी, हत्या भइरहँदा पनि शान्ति सुरक्षा कायम गराउन नसकेको लगायतका गुनासो पुगेपछि प्रधानमन्त्री प्रचण्डले बाँके सिडियो पोखरेललाई सिडियोबाट तत्काल हटाउँन र गृहमन्त्रालयमै नराख्न निर्देशन दिएको गृहमन्त्रालयको उच्च स्रोतले सेतोखरीलाई जानकारी दियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जिल्ला प्रशासन कार्यालय बाँकेका सिडियो श्रवणकुमार पोखरेललाई गृहमन्त्रालयमै नराख्न निर्देशन दिएपछि उनलाई कारबाही गर्दै बागमती प्रदेश मन्त्रीपरिषद्को कार्यालयमा थन्काएको हो ।

सिडियो पोखरेलले बाँकेमा तस्करी गर्न नसकेको सांसदहरुलाई दुव्र्यवहार गरेको, बाँकेका माओबादी नेता तथा पूर्वमन्त्री महेश्वर गहतराज अथकलाई दलाली कुरा गर्नुहुन्छ भन्दै हकारेको, माओबादी नेता नरेन्द्र न्यौपानेलाई विचौलिया भन्दै कार्यकक्षबाट बाहिर निस्कनुस् भनेको, कानून व्यवसायीलाई विचौलिया भन्दै प्रकाउ गरेको, गृहको लिखित निर्देशन पालना नगरेको, सामान्य कुराहरुमा चर्चामा आउन ठूलो जरिवाना गरि व्यवसायीहरुलाई सताउने गरेको लगायतका कुराहरु प्रधानमन्त्री प्रचण्ड कहाँ पुगेपछि उनलाई बाँके सिडियोबाट हटाइएको गृहमन्त्रालयले जनाएकोछ ।

यो पनि पढ्नुहोस् बाँके सिडियो पोखरेलद्वारा गृह मन्त्रालयको निर्देशन उल्लङघन

सिडियो पोखरेललाई गृहमन्त्रालय तानेपछि गृहमन्त्रालयले निमित्त सिडियो जोरासिंह माझीलाई जिम्मेवारी दिएकोछ । बाँकेका तत्कालिन प्रहरी प्रमुख एसपी सुवास बोहोरा तस्करीमा संलग्न भएको भन्दै गृहको निर्देशनमा प्रहरी प्रधान कार्यालयले कारबाही गरि बाँकेबाट हटाएपछि बाँके सिडियोलाई पनि गृहमन्त्रालयले एसपीले तस्करी गरिरहँदा सिडियोले कसरी थाहा नपाएको भन्दै बाँके सिडियोबाट हटाउन खोजिरहेको थियो ।

यस्तै बाँके सिडियो पोखरेलले सोमबार जिल्ला प्रशासन कार्यालय बाँकेको फेसबुक पेज दुरुपयोग गर्दै आफू गृहमन्त्रालयको जिम्मेवारीबाट अलग हुने निर्णयका साथ प्रक्रिया सुरु गरेको स्टाटस लेखेका थिए । उनी गृहमन्त्रालय तानिसक्दा पनि जिल्ला प्रशासन कार्यालय बाँकेको फेसबुक दुरुपयोग गरि आफ्ना मनका बोह पोखे ।