नेपालगन्ज २ जेठ : लुम्बिनी प्रदेशमा चालु आर्थिक वर्षको ९ महिना (साउनदेखि चैतसम्म)मा ६४ जनाको हत्या भएको छ ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक रमेश कुमार बस्नेतका अनुसार चालु आर्थिक वर्षमा भएका हत्याका घटनामध्ये अधिकांशमा चिनजानेका व्यक्तिकै संलग्नता पाइएको छ ।
उनले अधिकांश हत्याका घटना योजनाबद्ध रूपमा भन्दा पनि सामान्य विवाद, रिसको झोँकका कारण भएको बताए । लुम्बिनी प्रदेशमा गत आर्थिक वर्षमा १०९ वटा हत्या भएका थिए ।
चालु आर्थिक वर्षको ९ महिनामा ४२ जना पुरुष र २२ जना महिलाको हत्या भएको प्रहरीले जनाएको छ । लुम्बिनीका १२ वटा जिल्लामध्ये सबैभन्दा धेरै दाङ जिल्लामा हत्याको घटना भएको छ । दाङमा १४ जनाको हत्या भएको छ भने सबैभन्दा कम गुल्मीमा १ जनाको मात्रै हत्या भएको छ ।
नवलपरासी जिल्लामा ६ जना, रुपन्देहीमा ९ जना, बाँकेमा ९ जनाको हत्या भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । यस्तै, कपिलवस्तुमा ४, बर्दियामा ५, पाल्पामा ३, अर्घाखाँचीमा २, प्युठानमा ५, रोल्पामा ३ र रुकुममा २ जनाको हत्या भएको प्रहरीले जनाएको छ ।
प्रधानमन्त्रीको निजी भ्रमणमाथि हर्क राईको प्रश्न : ‘के खान जानुभएको ?’
‘टीकापुर काण्ड’को सत्य लुकाइरहेको राज्य
गरिमाकाे चित्कार र राज्य हराएकाे त्याे पल
नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा ओली, अरु को-को निर्वाचित भए?
अपराधका अखडा बन्दै काठमाडौंका होस्टेलहरू
बञ्चरेडाँडा- काठमाडौंकाे फाेहाेर थुपारिरहने कि, मान्छे बसाउने?