सांकेतिक तस्विर
नेपालगन्ज २ जेठ : भारतको कश्मिर पु¥याएर बन्धक बनाइएका ३६ जना नेपालीको उद्धार गरिएको छ ।
सर्लाही, महोत्तरी र धनुषाका विभिन्न गाउँबाट मजदुरीका लागि कश्मिर पुगेका उनीहरूलाई उद्धार गरेर नेपाल फर्काउने काम भइरहेको छ ।
बन्धक बनाउने काममा संलग्न दुई जनालाई भारतीय प्रहरीले पक्राउ गरेको छ । मुख्तकिम आलम र मो. साजाद पक्राउ परेका हुन् ।
मंगलबार दिल्लीस्थित नेपाली राजदूतावास र सामाजिक संस्था किन इन्डियाको समन्वयमा सबै मजदुरलाई कश्मिरबाट उद्धार गरी दिल्ली लगिएको छ । कानुनी प्रक्रिया पूरा गरी नेपाल फर्काउने काम भइरहेको दूतावासले जनाएको छ ।
उनीहरूलाई करिब ३ महिनादेखि बन्धक बनाएको थियो । कश्मिर लगेपछि उनीहरूसँग भएको नगद, नागरिकता र मोबाइल खोसेर ठेकेदारले पारिश्रमिकसमेत नदिइ कुटपिट गरेको, डर, धम्की देखाएर काममा लगाएको पीडितहरूको गुनासो छ ।
प्रधानमन्त्रीको निजी भ्रमणमाथि हर्क राईको प्रश्न : ‘के खान जानुभएको ?’
‘टीकापुर काण्ड’को सत्य लुकाइरहेको राज्य
गरिमाकाे चित्कार र राज्य हराएकाे त्याे पल
नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा ओली, अरु को-को निर्वाचित भए?
अपराधका अखडा बन्दै काठमाडौंका होस्टेलहरू
बञ्चरेडाँडा- काठमाडौंकाे फाेहाेर थुपारिरहने कि, मान्छे बसाउने?