नेपालगन्ज ८ जेठ: कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत धनुषाले उनको नाममा पक्राउ पुर्जी जारी गरेको सूचना अधिकारी डम्बरप्रसाद घिमिरेले जानकारी दिए ।
सिरोहियाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा नागरिकता दुरुपयोगको उजुरी परेको थियो । १६ वैशाख २०८१ मा प्रहरीमा परेको जाहेरीमा सिरोहिया गैरनेपाली नागरिक रहेको र नागरिकताको दुरुपयोग गरिरहेको आरोप थियो ।
आफूविरुद्ध प्रहरीमा जाहेरी परेपछि सिरोहियाले आफूमाथि धरपकड हुन सक्ने भन्दै सर्वोच्च अदालतमा प्रतिषेधको रिट दायर गरेका थिए । उक्त रिटमा सुनुवाइ गर्दै सर्वोच्चले गृह मन्त्रालयसँग सिरोहियामाथि अनुसन्धान गर्नुपर्ने कारण माग गरेको थियो ।
‘अस्वीकृत’ भएका राजदूत गिरीबहादुर र खगेन्द्रबीच सम्बन्ध के हो?
अख्तियारमा झुटा उजुरी दिने रुकुमका दीपकलाई २ हजार जरिवाना
खगेन्द्रले दिए पार्टीलाई लिखित जवाफ अब छानबिन र ‘बयान’समेत हुनसक्छ
कांग्रेस महाधिवेशन : सबै मतपरिणाम आज साँझसम्म घाेषणाकाे तयारी
जाजरकोटमा जीप खस्यो, दुईजनाको मृत्यु
सांसद खगेन्द्र प्रकरणपछि चर्चामा रास्वपाको ‘राइट टु रिकल’