नेपालगन्ज १५ जेठ : सरकारले आगामी आर्थिक वर्षमा १५ हजार ५७१ हेक्टर क्षेत्रफलमा सिँचाइ विस्तार गरिने घोषणा गरेको छ । आर्थिक वर्ष २०८१÷०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले रानीजमराकुलरीया सिंचाइ अन्तर्गत १४ हजार ९ सय हेक्टर क्षेत्रमा प्रथम चरणमा सिंचाइ आयोजना सुरु गरिने घोषणा गरेका हुन् ।
यस्तै बाँकेको सिक्टाको क्षेत्र विस्तार गर्न डुडुवा र नरैनापुर शाखा नहरको निर्माण गरिने सरकारले जनाएको छ । सिक्टा सिंचाइका लागि एक अर्ब ६० करोड विनियोजन गरेको मन्त्री पुनले घोषणा गरे ।
बजेटमा बबई सिंचाइ अयोजना पूर्वी तथा पश्चिममा मुल नहरबाट शाखा विस्तार गरेर थप एक हजार हेक्टरमा सिँचाई गर्न यसको लागि एक अर्ब ७९ करोड बजेट विनियोजन भएको छ । यस्तै भेरी बबई डाइभर्सन बहुउेश्यीय आयोजनाको हेडवर्कस र विद्युत गृहका लागि २ अर्ब विनियोजन भएको बजेट भाषणमा भनिएको छ ।
यस्तै महाकाली सिंचाइको तेस्रो चरणको मूल नहर र शाखा नहरको काम अगाडि बढाइने मन्त्री पुनले बजेट मार्फत घोषणा गरे । ब्रम्हदेव क्षेत्र शाखाको १ हजार ५ हेक्टर क्षेत्रमा जमिनमा सिंचाइ सेवा थपको लागि २ अर्ब रुपैयाँ घोषणा गरेको छ ।
बजेटमा मध्य तराईको ५ जिल्लामा १ लाख २२ हजार हेक्टरमा सिंचाइको लागि सुनकोशी मरिन डाइभर्सन हेडवक्र्सको लागि ३ अर्ब १२ करोड विनियोजन भएको छ ।
बागमती सिंचाइ आयोजनाको सिंचाइ प्रणाली पुनस्थापना गरी ४५ हजार ६ सय हेक्टरमा भरपर्दो सिचाई पु¥याउने भन्दै ६८ करोड विनियोजन भएको छ । कर्णाली प्रदशेका १० वटै जिल्लाका् एकीकृत कर्णाली विकास सिचार्य अयोजनाको लागि ८२ करोड रुपैयाँ छुट्टाएको छ ।
तराई क्षेत्रमा सिँचाइ क्षेत्रमा ४ वटा ५० डीप बोरिङ जडान गरि १५ हजार हेक्टर जमिनमा सिंचाइ विस्तार गरिने यसको लागि ३ अर्ब ४५ करोड बजेट विनियोजन भएको मन्त्री पुनले ल्याएको बजेटमा छ ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?