नेपालगन्ज २२ जेठ : बाँकेको कोहलपुर नगरपालिकाले आज राती नेपालले खेल्ने आइसीसी टी–२० विश्वकपको प्रत्यक्ष प्रशारण गर्दैछ । दश वर्षपछि विश्वकप क्रिकेट खेल्दै गरेको नेपालको उक्त खेल प्रत्यक्ष प्रसारणको सम्पूर्ण तयारी गरिएकोछ ।
कोहलपुर नगरपालिकाले वर्ल्ड लिङ्क कम्युनिकेशन लिमिटेडसंगको समन्वयमा कोहलपुर न्यूरोडस्थित खुलामञ्चमा प्रत्यक्ष प्रशारण गर्न लागेको हो ।
यो पनि पढ्नुहोस् टि–२० विश्वकप क्रिकेटः १० वर्षपछि खेल्दै नेपाल, आज नेदरल्यान्ड्ससँग सामना गर्दै
नगरप्रमुख पूर्ण प्रसाद आचार्यले नेपाल र नेदरल्याण्ड्स बीचको खेल प्रोजेक्टरबाट प्रत्यक्ष प्रशारण गरिने भएकाले सम्पूर्ण खेलप्रेमी यूवाहरुलाई नेपाली खेलाडीको हौसलाको लागि उपस्थिति भएर खेल हेर्न अनुरोध गरेका छन् ।
नेपाली राष्ट्रिय क्रिकेट टिमले आज १० वर्षपछि आइसीसी टी–२० विश्वकपमा प्रतिस्पर्धा गर्दै छ । नेपालले मङ्गलबार (आज)को खेलमा नेदरल्यान्ड्सविरुद्ध खेल्दै छ । खेल नेपाली समयअनुसार मङ्गलबार राति साढे ९ बजे ग्राण्ड प्रेरी रंगशाला डालसमा सुरु हुनेछ ।
नेपाली टिम कप्तान रोहित पौडेलले १० वर्षपछिको विश्वकप नेपाल र नेपाली क्रिकेटका लागि महत्वपूर्ण रहेको बताए । नेपाली समर्थकको आशालाई राम्रो प्रदर्शन गरेर जिम्मेवारी पूरा गर्ने समय आएको उनको भनाइ छ । नेपाली समर्थकको आशालाई राम्रो प्रदर्शन गरेर जिम्मेवारी पूरा गर्ने समय आएको उनले बताएका छन् ।
पैंतालिस पानामा गगनले कोरेको काँग्रेसको चित्र (प्रतिवेदनको पूर्ण पाठसहित)
यस्तो हुनेछ अबको नेपाली काँग्रेसको केन्द्रीय नेतृत्व
कोहलपुरका मेडिकल सञ्चालकलाई ‘करणी’ मुद्दा, सात दिन थुनामा राख्न अदालतको अनुमति
काँग्रेस १५ औं महाधिवेशन: आजदेखि बन्दशत्र, निर्वाचनका कार्यक्रम सुरु
तिलोत्तमाको चक्रहवा जंगलमा प्रहरीले चलाएको ३८ घण्टाको त्यो अपरेशन
शेरबहादुर दाइका लागि कुर्सी खाली नै छ, गगन थापाले अरु के के भने?