कोहलपुरको खुलामञ्चमा टी–२० विश्वकपको प्रत्यक्ष प्रशारण


सेतोखरी सेतोखरी   मंगलबार, जेठ २२, २०८१
कोहलपुरको खुलामञ्चमा टी–२० विश्वकपको प्रत्यक्ष प्रशारण

नेपालगन्ज २२ जेठ : बाँकेको कोहलपुर नगरपालिकाले आज राती नेपालले खेल्ने आइसीसी टी–२० विश्वकपको प्रत्यक्ष प्रशारण गर्दैछ । दश वर्षपछि विश्वकप क्रिकेट खेल्दै गरेको नेपालको उक्त खेल प्रत्यक्ष प्रसारणको सम्पूर्ण तयारी गरिएकोछ ।

कोहलपुर नगरपालिकाले वर्ल्ड लिङ्क कम्युनिकेशन लिमिटेडसंगको समन्वयमा कोहलपुर न्यूरोडस्थित खुलामञ्चमा प्रत्यक्ष प्रशारण गर्न लागेको हो । 

यो पनि पढ्नुहोस् टि–२० विश्वकप क्रिकेटः १० वर्षपछि खेल्दै नेपाल, आज नेदरल्यान्ड्ससँग सामना गर्दै

नगरप्रमुख पूर्ण प्रसाद आचार्यले नेपाल र नेदरल्याण्ड्स बीचको खेल  प्रोजेक्टरबाट प्रत्यक्ष प्रशारण गरिने भएकाले सम्पूर्ण खेलप्रेमी यूवाहरुलाई नेपाली खेलाडीको हौसलाको लागि उपस्थिति भएर खेल हेर्न अनुरोध गरेका छन् ।

Care City
kanti aarogya hospital
Health Care Clinic Nepalgunj

नेपाली राष्ट्रिय क्रिकेट टिमले आज १० वर्षपछि आइसीसी टी–२० विश्वकपमा प्रतिस्पर्धा गर्दै छ । नेपालले मङ्गलबार (आज)को खेलमा नेदरल्यान्ड्सविरुद्ध खेल्दै छ । खेल नेपाली समयअनुसार मङ्गलबार राति साढे ९ बजे ग्राण्ड प्रेरी रंगशाला डालसमा सुरु हुनेछ । 

नेपाली टिम कप्तान रोहित पौडेलले १० वर्षपछिको विश्वकप नेपाल र नेपाली क्रिकेटका लागि महत्वपूर्ण रहेको बताए । नेपाली समर्थकको आशालाई राम्रो प्रदर्शन गरेर जिम्मेवारी पूरा गर्ने समय आएको उनको भनाइ छ । नेपाली समर्थकको आशालाई राम्रो प्रदर्शन गरेर जिम्मेवारी पूरा गर्ने समय आएको उनले बताएका छन् ।