नेपालगन्ज २८ जेठ : क्रिकेटर सन्दीप लामिछाने टि–२० विश्वकप क्रिकेट खेल्न पाउने भएकाछन् । विश्वकप क्रिकेटका वेस्टइण्डिजमा हुने खेलहरूमा सन्दीप सहभागी हुने भएका हुन् ।
यो पनि पढ्नुहोस् सन्दीपलाई भिसा दिन अमेरिकाद्वारा अस्वीकार
क्रिकेट एशोसिएसन अफ नेपाल (क्यान)का सचिव पारस खड्काका अनुसार वेस्टइण्डिजमा हुने खेलमा लामिछाने राष्ट्रिय क्रिकेट टोलीमा समावेश भएर खेल्ने छन् । लामिछाने वेष्टइन्डिज पुगिसकेका छन् । आईसीसीको समन्वयमा लामिछानेले वेष्टइण्डिजमा हुने खेल खेल्न लागेको क्यानले जनाएको छ । लामिछानेले प्रतिश जिसीको स्थान लिने छन् ।
यो पनि पढ्नुहोस् बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ
उनले वेष्टइन्डिजमा दक्षिण अफ्रिका र बंगलादेशविरुद्धका खेल खेल्ने छन् । विश्वकप क्रिकेट २०२४ का खेलहरू अमेरिका र वेष्टइण्डिजमा भइरहेका छन् । नेपाली राष्ट्रिय टोलीका अरु सदस्यहरु अमेरिका गएर खेलिरहे पनि सन्दीपलाई अमेरिकाले भिसा दिएको थिएन ।
यो पनि पढ्नुहोस् सन्दीप लामिछाने राष्ट्रिय टिमबाट निलम्बित
यसअघि नेपालले पहिलो खेल अमेरिकाको डालसमा नेदरल्याण्ड्ससँग खेलेको थियो भने दोस्रो खेल बुधबार बिहान न्यूयोर्कमा श्रीलंकासँग खेल्दैछ । त्यसपछि थप दुई खेलका लागि नेपाल वेष्टइन्डिज जानेछ ।
गरिमाकाे चित्कार र राज्य हराएकाे त्याे पल
नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा ओली, अरु को-को निर्वाचित भए?
अपराधका अखडा बन्दै काठमाडौंका होस्टेलहरू
बञ्चरेडाँडा- काठमाडौंकाे फाेहाेर थुपारिरहने कि, मान्छे बसाउने?
सैन्य पहरामा परिवारसहित मुस्ताङ मुस्ताङ घुमघाममा प्रधानमन्त्री
मन्त्रीकै अध्यक्षतामा भइरहेकाे कार्यक्रमबाट रिसाएर हिँडिन् सांसद आशिका