शनिबार, असोज २२, २०७९   १२:४२:१३

सन्दीप लामिछाने राष्ट्रिय टिमबाट निलम्बित


सेतोखरी   2079-05-23

नेपालगन्ज २३ भदौ : नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछानेलाई निलम्बन गरेको छ ।

उनीविरुद्ध एक किशोरीले बलात्कारको उजुरी दिएकी थिइन् र बिहीबार जिल्ला अदालत काठमाडौंले सन्दीपविरुद्ध पक्राउ पुर्जी पनि जारी गरेको छ ।

क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले बिहीबार साँझ एक प्रेस विज्ञप्ति जारी गर्दै कप्तान लामिछानेविरुद्ध जबर्जस्ती करणी कसुरको गरेको आरोपमा अनुसन्धानका लागि प्रहरीमा उजुरी परेको जनाउँदै संघको कार्य सम्पादन समितिको निर्णय अनुसार राष्ट्रिय क्रिकेट टिमबाट निलम्बन गरिएको जनाएका छन् ।

लामिछानेविरुद्ध एक किशोरीलाई जबर्जस्ती करणी गरेको जाहेरी महानगरीय प्रहरी काठमाडौंको गौशाला वृत्तमा दायर भएपछि काठमाडौं जिल्ला अदालतबाट उनलाई पक्राउ गर्न पूर्जी समेत जारी भइसकेको छ ।