आज दिउँसो देशका सबै बैंकको अनलाइन सेवा ५ घण्टा अवरुद्ध हुने

अनलाइनमा कारोबार नगर्न बैंकहरुको आग्रह


सेतोखरी सेतोखरी   सोमबार, जेठ २८, २०८१
आज दिउँसो देशका सबै बैंकको अनलाइन सेवा ५ घण्टा अवरुद्ध हुने

नेपालगन्ज २८ जेठ : आज (सोमबार) दिउँसो एक बजेदेखि सम्पूर्ण बैंकको अनलाइन सेवा अवरुद्ध हुने भएको छ । 

भुक्तानी प्रणाली सञ्चालक संस्था फोन पेमा समस्या आउने भन्दै बैंकहरुले सेवा अवरुद्ध हुने जनाएका हुन् । फोनपेले आज आफ्नो डेटा अपग्रेड गर्दै छ । 

Care City
kanti aarogya hospital
Health Care Clinic Nepalgunj

सोमबार दिउँसो १ बजेदेखि ५ बजेसम्म डेटा अपेग्रेडिङको काम हुने भएकाले क्युआर ट्रान्सफर, फण्ड ट्रान्सफर लगायतका सम्पूर्ण अनलाइन सेवा बन्द हुने बैंकहरुले जनाएका छन् । 

बैंकहरुका अनुसार ५ बजेपछि भने अनलाइन सेवा पुनः साविककै ढंगले सञ्चालन हुनेछन् ।