नेपालगन्ज ८ असार : सदस्यता विवादकाबीच नेपाल पत्रकार महासंघको निर्वाचन कार्यतालिका सार्वजनिक भएकोछ ।
नेपाल पत्रकार महासङ्घले आगामी असार २२ गते मतदान गर्नेगरी महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । महासङ्घको केन्द्रिय निर्वाचन समितिले शुक्रबार निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।
यो पनि पढ्नुहोस् चुलियो पत्रकार महासंघ सदस्यता विवाद : कडा प्रतिकारमा उत्रिने युनियनको चेतावनी
निर्वाचन कार्यतालिकाअनुसार असार २२ गते बिहान ९ बजेदेखि साँझ पाँच बजेसम्म मतदानका लागि समय तय गरिएको छ । उम्मेदवारको मनोनयन दर्ता असार १३ गते र उम्मेदवारको नामावली प्रकाशन पनि सोही दिन गरिने छ । उम्मेदवारको अन्तिम नामावली असार १५ गते प्रकाशन गरिनेछ ।
यो पनि पढ्नुहोस् महासचिवका कारण पत्रकार महासंघमा भाडभैलो
यस्तै उम्मेदवारको नामावली उपरको दाबी विरोध असार १३ गतेदेखि असार १५ गतेसम्म तोकिएको छ । असार १० गतेसम्म मतदाता नामावली उपर दावी विरोधको समय निर्धारण गरिएको छ । असार १२ गते अन्तिम मतदाता नामावली प्रकाशन गरिने निर्वाचन समितिले जनाएको छ ।
यो पनि पढ्नुहोस् पत्रकारका ६ संगठनद्वारा असार दोस्रो साता महासंघको चुनाव गर्ने प्रतिबद्धता पुरा गर्न माग
यो पनि पढ्नुहोस् पत्रकार महासंघको चुनाव असार दोस्रो साता
यसअघि गत वैशाख २२ गते शुक्रबार काठमाडौंमा भएको महासंघको २७ औं महाधिवेशनले २६ जेठमा निर्वाचन गर्ने निर्णय गर्दै त्यसको तयारी गरेको थियो । तर, गत जेठ दोस्रो हप्ता नेपाल पत्रकार महासंघ केन्द्रिय समितिले विधि, विधान र प्रक्रियाविपरीत सदस्यता सूची सार्वजनिक गरेपछि चौतर्फी आलोचनासंगै सदस्यता विवाद चुलिएपछि महासंघको अधिवेशन हुन सकेन । महासंघले अधिवेशनको यो मिति तेस्रोपटक तय गरेको हो । दोस्रोपटक असार दोस्रो साता गर्ने तयारी गरिएको थियो ।
यो पनि पढ्नुहोस् पत्रकार महासंघले भन्यो ‘चुनावको वातावरण निर्माणका लागि सबै संवेदनशील बनौँ’
यो पनि पढ्नुहोस् तालाबन्दी आवरणमा नेता पत्रकारहरूको पद लोलुपता र स्वार्थको रोइलो
नेपाल पत्रकार महासंघको वर्तमान नेतृत्वले पत्रकारिता गरिरहेका पत्रकारहरूलाई भन्दा पनि विभिन्न पेसा र व्यवसायमा आबद्ध पत्रकारहरूलाई सदस्यता वितरण गरेपछि महासंघको सदस्यतामा विवाद कायमै रहेका बेला अधिवेशनको मिति तोकिएपछि सदस्यता विवाद नटुङ्गिदासम्म अधिवेशन हुन नसक्ने भन्दै विभिन्न पत्रकारका संघ संगठनले विरोध गरिरहेकाछन् ।
यो पनि पढ्नुहोस् कान्तिपुर र लैनचौर ‘मुभ’ हुँदा युनियनमा भाँडभैलो
रक्सी खाने पैसा नदिएपछि सुर्खेतमा श्रीमतीको हत्या: सांसद बिकले संसदमा भनिन्- ‘लोकल रक्सी’ बन्द गरौं
बाँकेमा दुई कांग्रेस आमने-सामने
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको उडानले नेपालगन्जसम्म आशा
नेपालगन्जमा गोली हानेर प्रहरीले समात्यो भारतीय लागुऔषध कारोबारी
न एयरपोर्टमा सलामी, न बिदाईको हूल, ‘ट्रान्जिट’को जहाजमा अमेरिका उडे प्रधानमन्त्री
कोहलपुरको होटलबाट ४० जना भारतीयसहित ४२ जना पक्राउ