नेपालगन्ज २७ जेठ : नेपाली पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको चुनाव आगामी असार दोस्रो साताभित्र गर्न माग गरिएकोछ । पत्रकार आबद्ध विभिन्न ६ संघ संगठनहरुले आगामी असार दोस्रो साताभित्र नेपाल पत्रकार महासंघको निर्वाचन गर्ने प्रतिबद्धता पुरा गर्न माग गरेका हुन् ।
यो पनि पढ्नुहोस् पत्रकार महासंघको चुनाव असार दोस्रो साता
यो पनि पढ्नुहोस् महासचिवका कारण पत्रकार महासंघमा भाडभैलो
प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत, प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटा ‘जुगल’, समाजवादी प्रेस संगठन नेपालका अध्यक्ष विश्वमणी सुवेदी, जनपत्रकार संगठन नेपालका अध्यक्ष शेरबहादुर विश्वकर्मा, क्रान्तिकारी प्रेस संगठनका अध्यक्ष कमल बुढा र प्रगतिशील पत्रकार संघ नेपालका अध्यक्ष श्यामलाल पोखरेलले आईतबार संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन् ।
यो पनि पढ्नुहोस् कान्तिपुर र लैनचौर ‘मुभ’ हुँदा युनियनमा भाँडभैलो
यो पनि पढ्नुहोस् पत्रकार महासंघले भन्यो ‘चुनावको वातावरण निर्माणका लागि सबै संवेदनशील बनौँ’
महासंघको २७ औँ महाधिवेशनले तय गरेको तीनै तह केन्द्र, प्रदेश र जिल्ला शाखा÷एशोसियट समितिको निर्वाचन हुनुपर्ने दिन यही २६ जेठ २०८१ भएपनि निर्धारित मितिमा निर्वाचन हुन नसकेपछि उनीहरुले संयुक्त विज्ञप्ति जारी गरेका हुन् । उनीहरुले तत्काल निर्वाचन कार्यतालिका र निर्वाचन मिति घोषणा गर्न पनि माग गरेका छन् ।
यो पनि पढ्नुहोस् चुलियो पत्रकार महासंघ सदस्यता विवाद : कडा प्रतिकारमा उत्रिने युनियनको चेतावनी
यसअघि महासंघले सदस्यता विवादका कारण समयमा निर्वाचन हुन नसकेको भन्दै असार दोस्रो हप्ताभित्रमा निर्वाचन गरिने जानकारी गराएको थियो । ‘निर्वाचनको कार्यतालिका सार्वजनिक नगरिएको मात्रै होइन, निर्वाचनको मिति समेत ठोस गरिएको छैन । यसले फेरि पनि अन्यौलता सिर्जना गरेको छ’, संघ संगठनहरुले आशंका व्यक्त गरेका छन् ।
यो पनि पढ्नुहोस् तालाबन्दी आवरणमा नेता पत्रकारहरूको पद लोलुपता र स्वार्थको रोइलो
कोहलपुरका थापामेडिकल सञ्चालकलाई ‘करणी’ मुद्दा, सात दिन थुनामा राख्न अदालतको अनुमति
काँग्रेस १५ औं महाधिवेशन: आजदेखि बन्दशत्र, निर्वाचनका कार्यक्रम सुरु
तिलोत्तमाको चक्रहवा जंगलमा प्रहरीले चलाएको ३८ घण्टाको त्यो अपरेशन
शेरबहादुर दाइका लागि कुर्सी खाली नै छ, गगन थापाले अरु के के भने?
बानेल सरकार, गगन र काँग्रेसलाई रविले दिएका सुझावहरू
गगनले देशको नेतृत्व गर्ने बेला आएको छ, रविलाई प्रचण्डको यस्तो सुझाव