हुम्ला १३ असार : नाम्खा गाउँपालिका–६, हिमालपारिको गाउँ लिमीको तिलगाउँमा बेलुका ५ बजेपछि स्थानीयले बाहिरबाट आउने जोकसैलाई पनि घर प्रवेशमा रोक लगाउने गरेको पाइएको छ । गाउँबासीले व्यक्तिगत सुरक्षाको कारण देखाउँदै सो समयपछि घर प्रवेशमा रोक लगाउने गरेका हुन् ।
चार दिनअगाडि तिलगाउँ पुगेका कर्मचारी तुलबहादुर तामाङले साँझ ७ बजे हिल्साबाट तिल गाउँ पुगेको भए पनि स्थानीयले बास बस्न नदिएको गुनासो गर्दै सामुदायिक भवनमा बस्नु परेको बताए ।
उनीसहित चार जनाको समूह हिल्साबाट तिलगाउँ बास बस्ने गरी गएको थियो । ५ बजेबाट स्थानीयले घर प्रवेश गर्ने ढोका बन्द गरेर परिवारका सदस्य घरभित्र बस्ने गरेको र बोलाउँदा कोही पनि बाहिर नआउने तामाङले बताए । उक्त रातभर त्यत्तिकै जाग्रम बस्नु परेको उहाँको भनाइ छ ।
तिलगाउँका स्थानीय फुली तामाङले व्यक्तिगत सुरक्षाका कारण गाउँवासीको साझा निर्णय अनुसार बेलुका ५ बजेपछि गाउँमा आउनेलाई घर घरमा बास बस्न नदिने गरिएको बताए । यसअघि ७ बजेपछि गाउँमा आउने जोकोहीलाई घरमा प्रवेश गर्न नदिने गरिएकामा हाल भने ५ बजेको समयसीमा निर्धारण गरिएको हो ।
तिलगाउँमा २२ घरधुरी छन् । सात घरधुरीमा मानिस बाहिर गएका कारण ताला लगाइएको छ । यहाँका अधिकांश युवा चीनको ताक्लाकोटमा काम गर्न जाने गर्छन् । केही काठमाडौँमा रहेका छन् । गाउँमा ज्येष्ठ नागरिक र बालबालिका मात्रै बस्ने भएकाले साँझ ५ बजेपछि गाउँ आएर बस्न खोज्ने जोकोहीलाई बास बस्न नदिने गरिएको उनले स्वीकारे । लुटपाट, चोरी, बलात्कार, जङ्गली जनावरबाट बच्नका लागि गाउँलेले यो नियम लागु गरेको बताइन्छ ।
अलमलमा नपर्नुस्, महाधिवेशन १ घण्टा पनि सर्दैन : गगन थापा
जुम्ली स्याउको प्रवर्द्धनमा बाबुराम, गरे यस्तो अपिल
पार्टीको ‘ह्वीप’ मानेकी अम्बिकाको पद गुम्यो, नमान्ने सांसदहरू सरकारमै
ग्यास पुर्याउन नसक्दा एउटाकाे राजीनामा, नयाँ मन्त्रीले के गर्लान्?
संसदमा सांसद कमल सुवेदीको प्रस्ताव : संघीय राजधानी दाङमा सारौं
सरकारप्रति रास्वपा सांसदकै आक्रोश: एउटा सल्लाहकार नै यो सरकार नाश गर्न काफी छ