File Photo
नेपालगन्ज १८ असार : बुद्ध एयरले नवविवाहित चार जोडीलाई काठमाडौं–पोखरा रुटमा दुइतर्फी हवाईटिकट निःशुल्क उपलब्ध गराउने भएको छ ।
बुद्ध एयरको उडानपछि बेहुला बेहुलीले एयरलाइन्सको सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम, ट्वीटरमा तस्विर ट्याग वा शेयर गरेको हुनुपर्ने एयरलाइन्सले बताएको छ । यसरी शेयर गरिएको मध्ये चार जोडीलाई बुद्ध एयरले काठमाडौं–पोखरा–काठमाडौं रुटको टिकट उपहार स्वरुप प्रदान गर्ने एयरलाईन्सको विज्ञप्तीमा उल्लेख छ ।
‘विहेकै पहिरनमा बेहुला बेहुलीको उडान हुनुपर्ने र त्यो उडानको क्रममा कैद गरेको तस्बिर एयरलाईन्सलाई सामाजिक सञ्जालमा पोष्ट हुनुपर्नेछ । यसरी पोष्ट भएकोमध्ये चारजोडीलाई यो उपहार दिइनेछ,’ एयरलाइन्सले भनेको छ ।
बुद्ध एयरले अहिले पोखरा–काठमाडौं रुटमा दिनमा १७ वटा उडान गरिरहेको छ । बुद्धले पोखरा–काठमाडौं बाहेक पोखराबाट भरतपुर, भैरहवा र नेपालगन्ज पनि नियमित उडान गरिरहेको छ । बुद्ध एयरले हालैमात्र १८ औं जहाज भित्र्याएको छ ।
आइजिपीमाथि फेरि खनिए खगेन्द्र सुनार
अलमलमा नपर्नुस्, महाधिवेशन १ घण्टा पनि सर्दैन : गगन थापा
जुम्ली स्याउको प्रवर्द्धनमा बाबुराम, गरे यस्तो अपिल
पार्टीको ‘ह्वीप’ मानेकी अम्बिकाको पद गुम्यो, नमान्ने सांसदहरू सरकारमै
ग्यास पुर्याउन नसक्दा एउटाकाे राजीनामा, नयाँ मन्त्रीले के गर्लान्?
संसदमा सांसद कमल सुवेदीको प्रस्ताव : संघीय राजधानी दाङमा सारौं