सांकेतिक तस्विर
नेपालगन्ज २४ असार : नेपालगन्जका एक युवक डुडुवा खोलामा डुबेर बेपत्ता भएकाछन् । बाँकेको डुडुवा नदीमा आएको बाढीमा डुबेर उनी बेपत्ता भएका हुन् ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–२० का ४२ वर्षीय सुशीलप्रसाद दाहाल डुडुवाको बाढीमा डुबेर बेपत्ता भएको बाँके प्रहरीले जनाएकोछ ।
आईतवार साँझ करीब ५ बजे नेपालगन्ज –२० राँझा विमानस्थल पछाडि रहेको डुडुवा नदीमा पौडी खेल्ने क्रममा सोही ठाउँका दाहाल डुबेर बेपत्ता भएका हुन् ।
यो पनि पढ्नुहोस् राप्ती नदीको बाढीमा फसेका ४ जनाको सकुसल उद्धार
सशस्त्र प्रहरी बल–३० नम्बर गण हेडक्वाटर बाँकेको गोताखोरले बेपत्ता भएका दाहालको खोजी कार्यलाई तीव्र पारेकोछ । सोमवार बिहानदेखि खोजी कार्यलाई तीव्र पारिएको सशस्त्र प्रहरी बल ३० नम्बर गण हेडक्वाटर बाँकेका गणपति एसपी विमल डाँगीले बताए ।
दाहालको खोजीका लागि सशस्त्र प्रहरी बल, नेपाल आयल निगम सुरक्षा बेस राँझाबाट सशस्त्र प्रहरी निरीक्षक नवराज शाहीको कमाण्डमा ७ जनाको टोली खटिई नेपाल प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा खोजीकार्य भइरहेकोछ ।
खोजी कार्यमा जुटेको सशस्त्र प्रहरीलगायतको संयुक्त टिमले मोटरबोट र विशेष प्रशिक्षित गोताखोर डुडुवा नदीमा परिचालन गरेर बेपत्ता दाहालको खोजी गरिरहेको जनाएको छ । यो समाचार तयार पार्दासम्म डुडुवामा बेपत्ता भएका दाहाल भेटिएका छैनन् ।
भेरी अस्पतालकाे अध्यक्ष भए विशेषज्ञ डा. सिग्देल
खगेन्द्रले निरन्तर मुद्दा उठान थालेपछि प्रहरी पोशाक प्रकरण अध्ययन गर्न सांसदहरूको समिति
७० सालमा शंकरलाई चुनाव हराए, अहिले आफ्नै पार्टीभित्र आफैले हारे
च्याउ टिप्न जंगल गएका थिए कृष्ण, बाघले लग्यो ज्यान
‘बुद्ध सर्किट’मा नेपाल-भारत व्यावसायिक समझदारी
हिम्लुङ हिमपहिरो-१५ जनाको शव भेटियो, अझै एकजना वेत्तपा