असार २५ सम्म बाँकेमा २५ प्रतिशत रोपाइँ


सेतोखरी सेतोखरी   मंगलबार, असार २५, २०८१
असार २५ सम्म बाँकेमा २५ प्रतिशत रोपाइँ

नेपालगन्ज २५ असार : बाँकेमा २५ प्रतिशत रोपाइँ भएको छ । पानीको अभावले असार १५ सम्म दुई प्रतिशत मात्र रोपाइँ भएको जिल्लामा केही दिनको निरन्तर वर्षाले २५ प्रतिशत रोपाइँ सफल भएको कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सकिल अहमद खाँले बताए ।

यो पनि पढ्नुहोस् बाँकेमा २ प्रतिशत मात्र रोपाई

उनले यो साता जिल्लामा प्रयाप्त वर्षा भएकोले आठ वटै पालिकामा रोपाइँ तिव्र गतिले भइरहेको जनाउँदै आगामी दस दिनभित्र ८० देखि ९० प्रतिशत रोपाइँ सम्पन्न हुने अनुमान गरिएको बताए । त्यसपछि बाँकी रहेको रोपाइँ छिटपुट रुपमा केही दिनसम्म भइरहने पनि कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ । 

यो पनि पढ्नुहोस्  सिचाईँ अभावमा बाँकेका किसान आकाशे पानीको भरमा खेती गर्न बाध्य

Kanti Aarogya Hospital Nepalgunj

असार १५ गते धान दिवस मनारइरहँदासम्म जिल्लामा पानी नपरेकोले अधिकांश किसानले बिउँ समेत राख्न पाएका थिएनन् । सोही कारणले सो अवधीसम्म दुई प्रतिशत मात्र रोपाइँ भएको थियो । पानी अभावले ढिलै सुरु भएपनि जिल्लामा धान उत्पादन हुने सब खेतमा रोपाइँ हुने र उत्पादन समेत राम्रो हुने आशा गरिएको कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख खाँले बताए ।

यो पनि पढ्नुहोस् बाँकेका किसानलाई वर्षेनी रासायनिक मल पाउन सकस

कृषि ज्ञान केन्द्र बाँकेले पनि यस वर्ष ढिला गरि रोपाइ सुरु भएपनि बाढी र डुबान भएन भने विगत भन्दा राम्रो उत्पादन हुने सम्भावना रहेको जनाएको छ । 

यो पनि पढ्नुहोस्  बाँकेमा वार्षिक ८ हजार ८ सय मेट्रिक टन मलखाद विक्री गर्दै कम्पनी

बाँकेमा धान रोपाइँ हुने कूल ३६ हजार ५०० हेक्टर खेतीयोग्य जग्गा छ । गत वर्ष पनि सोही क्षेत्रफल खेतमा धानखेती गरिएको थियो । अहिले पनि सोही क्षेत्रफलमा धानखेतीका लागि रोपाइँ भइरहेको छ । 

यो पनि पढ्नुहोस् देशभरि ३९ प्रतिशत धान रोपाइँ, लुम्बिनीमा ४४.४ प्रतिशत मात्रै