देशभरि ३९ प्रतिशत धान रोपाइँ, लुम्बिनीमा ४४.४ प्रतिशत मात्रै


सेतोखरी सेतोखरी   सोमबार, असार २४, २०८१
देशभरि ३९ प्रतिशत धान रोपाइँ, लुम्बिनीमा ४४.४ प्रतिशत मात्रै

नेपालगन्ज २४ असार : हिजो आइतबार बेलुकासम्म देशभरि ३९ प्रतिशत धान रोपाइँ भएको छ ।

यो पनि पढ्नुहोस् बाँकेमा २ प्रतिशत मात्र रोपाई

कृषि विभागका अनुसार धान रोपाइँ हुने कुल क्षेत्रफल १३ लाख ९८ हजार २७३ हेक्टर मध्ये ५ लाख ३९ हजार ८ सय हेक्टर अर्थात ३९ प्रतिशत धान रोपाइँ भएको हो ।

यो पटक २३ असारसम्म गत वर्षभन्दा ४ प्रतिशतले कम रोपाइँ भएको हो । गत वर्ष २३ असारसम्म ४२ दशमलव ९ प्रतिशत अर्थात ६ लाख ४२ हजार २८४ हेक्टरमा रोपाइँ भएको थियो ।

Kanti Aarogya Hospital Nepalgunj

यो पनि पढ्नुहोस् लुम्बिनी प्रदेशभरी १८ प्रतिशत मात्रै धान रोपाइँ

देशभरि भएको रोपाइँ मध्ये सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशमा भएको छ । सुदूरपश्चिममा करिब ६० प्रतिशत धान रोपाइँ भएको छ । एक लाख ७४ हजार ५७६ हेक्टर धान रोपाइँ हुने क्षेत्रफल मध्ये एक लाख हेक्टरभन्दा माथि रोपाइँ भइसकेको हो ।

यो पनि पढ्नुहोस्  सिचाईँ अभावमा बाँकेका किसान आकाशे पानीको भरमा खेती गर्न बाध्य

यस्तै गण्डकी प्रदेशमा ४९.७ प्रतिशत, कर्णालीमा ४८ प्रतिशत, लुम्बिनीमा ४४.४ प्रतिशत रोपाइँ भइसकेको विभागले जनाएको छ ।

यो पनि पढ्नुहोस् बाँकेका किसानलाई वर्षेनी रासायनिक मल पाउन सकस

बागमती प्रदेशमा ४०.२ प्रतिशत रोपाइँ हुँदा कोशी प्रदेशमा ३५ प्रतिशत रोपाइँ भइसकेको विभागले जनाएको छ ।

यो पनि पढ्नुहोस्  बाँकेमा वार्षिक ८ हजार ८ सय मेट्रिक टन मलखाद विक्री गर्दै कम्पनी

सबैभन्दा कम मधेश प्रदेशमा करिब २६ प्रतिशत धान रोपाइँ भएको छ । ३ लाख ८३ हजार १५० हेक्टर मध्ये ९७ हजार ९ सय हेक्टर रोपाइँ भएको हो ।